१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अब कपाल काटेको २००, दाह्री काटेको १२० रुपैयाँ लाग्ने



सांकेतिक तस्बिर
अ+ अ-

काठमाडौँ । नेपाल नाई संघले काठमाडौं उपत्यकाका सैलुनको शुल्क बढाएको छ । संघको उपत्यका समितिद्वारा जारी सूचना असोज १ गतेबाट लागू हुनेगरी नयाँ दररेट कायम गरिएको छ ।

जसअनुसार अब कपाल काटेको शुल्क कम्तीमा २०० रुपैयाँ तिर्नुपर्नेछ । यसअघि यो शुल्क १५० रुपैयाँ थियो । यस्तै, दाह्री काटेको शुल्क १२० देखि २०० रुपैयाँ तोकिएको छ ।

यसैगरी, कपाल डिजाइन गरेको ३५० देखि ५०० रुपैयाँ, दाह्री डिजाइन गरेको १५० देखि २५०, टाउको मसाज गरेको २००, स्याम्पु गरेको १२० देखि १५०, कपाल कलर गरेको ५०० देखि ६५० रुपैयाँ, फेसियल गरेको एक हजारदेखि १२ सय रुपैयाँ, फेसवास गरेको ४०० देखि ६०० रुपैयाँ, कपाल आइरन गरेको ७०० देखि ८५० सम्म लाग्ने संघले जनाएको छ ।