२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालुवाटारमा देउवा, प्रचण्ड र नेपालबीच छलफल



अ+ अ-

काठमाडौं । सत्ता साझेदार दलका शीर्ष नेता छलफलमा जुटेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले समाजवादी पार्टीका अध्यक्ष माधव नेपालसहितको भेटलाई अर्थपूर्ण रुपमा लिइएको छ। 

बुधवार सरकारले अध्यादेश ल्याएसँगै नेपालले नेकपा एमाले फुटाएर नयाँ पार्टी दर्ता गराएका थिए। नयाँ पार्टी दर्ताका लागि निवेदन दिएपछि नेपालले देउवासँग औपचारिक रुपमा पहिलो भेट गरेका हुन्। 

साढे नौ बजे प्रधानमन्त्री निवास पुगेका माओवादी अध्यक्ष प्रचण्ड र एमाले समाजवादीका अध्यक्ष नेपाल भर्खरै बैठकबाट बाहिरीएका प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले जानकारी दिए। 'समसमायिक राजनीतिक विषयमा छलफल भएको हो,' प्रधानमन्त्रीका स्वकीय सचिव देउवाले भने।

माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एमालेको माधव नेपाल पक्ष, जनमोर्चको सहयोगमा प्रधानमन्त्री बनेका कांग्रेस सभापति देउवाले मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन्। अध्यादेश जारीबाट एमाले फुटेसँगै अब मन्त्रिपरिषद् विस्तार हुने बताइएको छ।