• १० जेष्ठ २०८१, बिहीबार
  •      Thu May 23 2024
  •   Unicode
Logo
Latest
★   उजुरी परेकै भरमा पक्राउ नै गरिहाल्ने र थुन्ने जस्ता कार्यले लगानीकर्ताको मनोबल गिरेको छ नीजि… ★   बेलायतमा जुलाई ४ मा आम निर्वाचन हुने प्रधानमन्त्री ऋषि सुनकको घोषणा ★   भगवान बुद्धका यस्ता विचार, जुन जीवनका धेरै समस्या समाधानको उपाय ★   दक्षिण कोरियाद्वारा चिप्स उद्योगलाई प्रोत्साहन गर्न १९ अर्ब डलरको योजना घोषणा ★   प्रकृतिको पूजा गर्दै उभौली मनाइँदै ★   राजस्थानको ‘बिरामी’ टोलीले बैंगलोरलाई एलिमिनेटरमा पछार्यो ★   युरोपेली राष्ट्रहरूले प्यालेस्टिनी राज्यलाई मान्यता दिएपछि पछि हट्यो अमेरिका ★   ढोरपाटनमा दोस्रो याममा १० नाउर र सात झारलको सिकार ★   महिला फुटबल स्टार एलेक्सिया पुटेलासले गरिन् बार्सिलोनासँग नयाँ सम्झौता ★   विश्वकप तयारीका लागि गर्नसक्ने गरेका छौं– पारस

भक्तपुरमा संविधान दिवस कार्यक्रम



भक्तपुर । संविधान दिवसके अवसरमा आज मध्यपुरथिमि नगरपालिकामा प्रभातफेरी एवं अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ ।

मध्यपुरथिमि नपा–४ बालकुमारी मन्दिरबाट सुरु भएको प्रभातफेरी दथुटोल, निःगुपुखुः ९दुई पोखरी० हात्तिमहाकाल, चपाचो, गुंगचिवाः, बहाखाबजार हुँदै मध्यपुरथिमि नगरपालिका अगाडि एक पार्टी प्यालेसमा पुगेर अन्तक्र्रियामा परिणत भएको थियो । नगरपालिकाका जनप्रतिनिधि, नगरका विभिन्न सामाजिक सङ्घसंस्था, सहकारी संस्था, खेलाडी, सर्वसाधारण नागरिक, विद्यालय, नगरपालिकाका कर्मचारी, प्रहरीको सहभागिता थियो ।

कार्यक्रममा मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले स्थानीय तहले संविधानको मर्म र भावनाअनुरुप संविधानको कार्यान्वयन गर्दै जनताको घरआँगनमा सरकार भएको अनुभूति दिनसक्नुपर्ने बताउनुभयो ।

उहाँले नगरपालिकाले संविधानले दिएको अधिकारअनुसार नगरवासीको हितमा काम गर्दै आएको बताउँदै नागरिकको शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता आधारभूत आवश्यकताको पहुँच वृद्धि गर्न नगरपालिका लागिरहेको बताउनुभयो ।

कार्यक्रममा नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले आमनागरिकलाई संविधानले दिएको अधिकार र यसको प्रयोगबारे सचेतना जगाउनुपर्ने आवश्यकता औँल्याउँदै हजारौँको बलिदानबाट प्राप्त संविधानको रक्षा गर्दै यसकोे अक्षरशः पालनामा लाग्नुपर्ने बताउनुभयो । त्यसअवसरमा नेकपा ९माओवादी केन्द्र०का केन्द्रीय सदस्य दिलीपकुमार प्रजापतिले जनता सचेत भएर संविधानको रक्षाका लागि उभिनुपर्ने औँल्याउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस मध्यपुरथिमि नगरसमितिका सभापति हरिदास प्रजापति, वरिष्ठ अधिवक्ता श्रीहरी अर्याललगायतले संविधानको रक्षाका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।