२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद

राजनीतिक दलसम्बन्धीको अध्यादेश खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट

राजनीतिक दलसम्बन्धीको अध्यादेश खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट
अ अ+ अ-

काठमाडौं । सरकारले दल विभाजन सहज हुनेगरी ल्याएको राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश विरुद्ध सर्वोच्च अदालतमा ४ वटा रिट निवेदन पेश भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको अध्यादेश संविधान सम्मत नभएको भन्दै दल विभाजनका लागि राजनीतिक दलसम्बन्धी ऐनमा रहेको विद्यमान व्यवस्थालाई संशोधन गर्ने गरी आएको अध्यादेशविरुद्ध ४ वटा रिट पेश भइसकेको सर्वोच्च अदालत स्रोतले जानकारी दियो ।

हालसम्म अर्जुन अर्याल र सकुन्तला भुसाल,​ निकेशकुमार लम्साल र अनुपा अर्याल, प्रवेश केसी तथा​ श्रीकान्त बरालले चार छुट्टाछुट्टै रिट दायर गरेका हुन् । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले गरेको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार दल विभाजन सम्बन्धी अध्यादेश जारी गरेकी थिइन् । उनले जारी गरेक अध्यादेशमा केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्याका आधारमा दल विभाजन गर्न सक्ने व्यवस्था गरिएको छ ।

 सरकारले सोमबार संसद अधिबेशन अन्त्य गर्दे मंगलबार राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश जारी गरेको थियो । अध्यादेशलाई राष्ट्रपति बिद्यादेबी भण्डारीले बुधबार प्रमाणीकरण गर्नुभएको थियो ।

अध्यादेश प्रमाणीकरण भए लगत्तै नेकपा एमाले बाट माधब कुमार नेपाल समूह र जनता समाजबादी  पार्टीबाट महन्थ ठाकुर समूहले नयाँ दल दर्ता का लागि निर्बाचन आयोगमा निबेदन पेश गरेका छन् ।