२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद

गोसाइँकुण्ड आउन थाले तीर्थयात्री

गोसाइँकुण्ड आउन थाले तीर्थयात्री
अ अ+ अ-

ज्ञानेन्द्र न्यौपाने
रसुवा । जनैपूर्णिमाको अवसरमा पवित्र तीर्थस्थल गोसाइँकुण्ड स्नानका लागि नगण्यमात्रामा भक्तजन निलाद्री पर्वत उक्लिन थालेका छन् । कोरोनाको जोखिमीलाई मध्यनजर गर्दै गोसाइँकुण्ड क्षेत्र विकास समितिले यसअघि नै मेलाका सबै औपचारिक कार्यक्रम कार्यक्रम स्थगन गरिएको घोषणा गरिसकेको छ । 

बर्सेनि १० हजारभन्दा बढी भक्तजनले स्नान गर्ने तीर्थस्थल खुला राख्दा कोरोना सङ्क्रमण झन बढ्नसक्ने भएकाले चिकित्सकसमेतको परामर्शमा यस वर्ष विषेश मेला स्थगन गर्ने निर्णय गरिएको हो ।सङ्क्रमणका कारण फाट्टफुट्ट भक्तजन मास्क लगाएर सजगता अपनाउँदै गोसाइँकुण्ड जाने क्रम जारी रहेको चन्दनबारीका होटल व्यवसायी सुब्बा लामाले बताउनुभयो ।
भदौ २ गतेको पुत्रदा एकादशीदेखि ६ गते जनैपूर्णिमासम्म गोसाइँकुण्डमा विशेष मेला आयोजना गरिने परम्परा छ ।  

रसुवालगायत देशका विभिन्न भागमा कोरोना सङ्क्रमण बढिरहेका कारण यस वर्षको मेला स्थगन गर्नुपरेको हो भन्दै  समिति अध्यक्ष सञ्जीव डिएमले भदौ ६ गतेको विशेष पूजाका लागि भने केही   पुरोहित पठाएर निरन्तरता दिइने जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारीलगायत सुरक्षा निकायका पदाधिकारीको उपस्थितिमा  मेला स्थगन गरिएको हो भन्दै उहाँले  संस्थागतरूपले यात्रुलाई दिइँदै आएको सेवा सुविधामा कुनै कमी हुन नदिने  स्पष्ट पार्नुभयो । गङ्गा दशहरामा दश दिन र जनैपूर्णिमामा पाँच दिन विशेष मेला लाग्ने लाग्ने गर्दथ्यो । कोभिड–१९ सङ्क्रमणको पहिलो चरणमै पनि मेला स्थगन गरिएको थियो ।

देवादिदेव महादेव बिराजमान रहनुभएको पवित्र तीर्थस्थल जनैपूर्णिमाका दिन विभिन्न शक्तिपीठमा रहेका  साढे तीन करोडभन्दा बढी देवदेवताको पनि सहभागिता रहने भएकाले सो दिन गरेको पूजाआजा  सबै देवतालाई पनि  हुने र आफ्नो मनोकाङ्क्षा पनि पूरा हुने धार्मिक मान्यता रहिआएको छ ।

समुन्द मन्थन गर्दा निस्केको कालकुट विष निलेर प्राणी जगत्लाई बचाउनु हुने शङ्कर भगवान् बिराजमान रहनुभएको उक्त पवित्र कुण्डमा एकपटक भए पनि पुग्नैपर्ने मान्यता रहेको छ ।स्थानीय पुरोहित टङ्कप्रसाद ढकालले कोरोना सङ्क्रमण मत्थर भएपछि यस तीर्थस्थलमा जाने सोचलाई शिरोधार्य गर्न आग्रह गर्दै नजिकिँदै गरेको जनैपूर्णिमामा कुण्ड जाने मनस्थिति बनाइसकेका भक्तजनले घर नजिकका जलासयमा ‘हरहर महादेव’ भनी प्रार्थना गरेर स्नान गर्दा पनि तीर्थ पुगेसरह पुण्य मिल्ने सुझाव दिनुभयो ।