२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सूचना टाँस गरेर प्रदेशसभा बैठक स्थगित



अ+ अ-

काठमाडौं । लुम्बिनी प्रदेश सभाको बैठक सूचना टाँसेर स्थगित भएको छ । प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर संसद अवरोध गरेपछि बिहीवार बोलाइएको बैठक सूचना टाँसेर स्थगित भएको हो । 

एमालेले भदौ १ र २ गते बसेको बैठक पनि चल्न दिएको थिएन । अर्को बैठक भदौ ७ गते दिउँसो १ बजेका लागि बोलाइएको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले बताए । 

एमालेले सूर्य चिह्नबाट निर्वाचित भएका मन्त्री अजय शाही र सांसद विमला खत्री वलीलाई पदमुक्त गर्नुपर्ने माग राख्दै आएको छ । एमालेले वली र शाहीलाई पदमुक्त नगर्दासम्म संसद चल्न नदिने बताएको छ । 

शाही हृदयेशकुमार त्रिपाठीको स्वतन्त्र समूहबाट सूर्य चुनाव चिह्न लिएर चुनाव जितेका थिए भने वलीले नेकपाबाट सूर्य चुनाव चिह्नबाट चुनाव जितेकी थिइन् ।

शाहीले आफू स्वतन्त्र समूहबाट चुनाव जितेकाले एमालेको ह्वीप नलाग्ने बताउँदै आएका छन् भने वलीले माओवादी केन्द्र रोजेको बताइएकी थिइन् ।