१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

महिला साफ च्याम्पियनसिप फाइनल आज, उपाधिका लागि नेपाल र बंगलादेश भिड्दै

महिला साफ च्याम्पियनसिप फाइनल आज, उपाधिका लागि नेपाल र बंगलादेश भिड्दै
photo: anfa
अ अ+ अ-

काठमाडौँ । छैठौं संस्करणको महिला साफ च्याम्पियनसिपले आज नयाँ विजेता पाउँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा घरेलु टोली नेपाल र बंगलादेशले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् । नेपाल र बंगलादेशबीचको फाइनल खेल साँझ ५ बजेपछि सुरु हुनेछ ।

महिला साफको १२ वर्षको इतिहासमा नेपाल र बंगलादेश पहिलो पटक फाइनलमा भिड्न लागेका हुन् ।

शुक्रबार भएको दोस्रो सेमिफाइनलमा बलियो टोली भारतसँगको भेटमा १–० ले जित निकाल्दै नेपालले उपाधिका लागि बंगलादेशसँग भेट पक्का गरेको हो ।

बंगलादेशले पहिलो पटक सेमिफाइनलमा पुगेको भुटानमाथि ८–० को फराकिलो जित निकाल्दै फाइनलमा प्रवेश गरेपछि छैठौं संस्करणको उपाधि नयाँ टोलीले उचाल्ने भएको छ । यस अघि सम्पन्न सबै संस्करणमा भारतले उपाधि उचालेको थियो ।

आजको विजेता टोलीले साफ महिला फुटबलमा नयाँ इतिहास रच्ने निश्चित भएको छ । बंगलादेश दोस्रो पटक साफ महिला फुटबलको फाइनलमा प्रवेश गर्दा नेपाल भने पाँचौ पटक फाइनल खेल्न लागेको छ ।

यस अघिका संस्करणमा यी दुई टोली तीन पटक आमने सामने भएका छन् । सबै भेटमा नेपालले नतिजा आफ्नो पक्षमा पारेको छ । २०१० को पहिलो भेटमा नेपालले बंगलादेशलाई ३–० ले हराउँदा २०१४ को दोस्रो भेट नेपाल १–० ले तथा २०१९ को भेटमा नेपालले बंगलादेशलाई ३–० गोलले पराजित गरेको थियो ।

सोमवार हुने फाइनल खेलमा पनि नेपाल सोही नतिजालाई दोहोर्याउन चाहन्छ । नेपाली टोलीका मुख्य प्रशिक्षक कुमार थापाले उपाधि अर्जुन दृष्टि भएको सोही अनुसार महिला टोलीले लक्ष्य राखेर अगाडि बढेको र एक कदममात्र बाँकी रहेको बताउनु भयो ।

घरेलु मैदानमा आयोजना हुन लागेको फाइनल खेलमा उपाधि नै मुख्य लक्ष्य भएको र कुनैपनि चुनौती सामना गर्न टोली सबै किसिमले तयार भएको प्रतिक्रिया दिनुभयो । कुनैपनि हालतमा टिमलाई सन्तुलित बनाउने र सोही टोलीबाट नतिजाको अपेक्षा राखेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘तयारी हामीले नौ हप्तादेखि गरेका छौं । हाम्रो लक्ष्य भनेको उपाधि नै हो । अहिले हाम्रो अर्जुन दृष्टि छ । मैदानमा उपस्थित भएको दर्शकका लागि हामीले कुनैपनि हालतमा उपाधि दिने सोचमा छौं । मौसम, मैदानको अवस्था हाम्रो लागि कुनै छुट छैन । मुख्य लक्ष्य नै उपाधि हो । त्यो जुनकुनै हालतमा लिन चाहन्छ । चाहे त्यो बिरामी खेलाडी मैदान उतारेर होस् वा युवा खेलाडीलाई राखेर होस्, सन्तुलित टोलीको निमार्ण गरेर नतिजा पक्षमा पार्ने योजनासहित मैदान उत्रिने हो ।’

शुक्रवार भएको दोस्रो सेमिफाइनलमा बलियो टोली भारतको चुनौती १–० ले पार गर्दा नेपालले उपाधि भिडन्तका लागि बंगलादेशसँग भिड्नुपर्ने समिकरण बनेको हो । बंगलादेशले पहिलो पटक सेमिफाइनलमा पुगेको भुटानमाथि ८–० को फराकिलो जित निकालेको थियो ।

सोमवार हुने प्रतिष्पर्धाबाट विजयी टोलीले साफ महिला फुटबलमा नयाँ इतिहास रच्ने निश्चित भएको हो । घरेलु मैदानमा हुने खेलमा नेपाली टोलीकी कप्तान एञ्जिला तुम्बापो सुब्बाले कम भन्दा कम गल्ती गर्ने र रंगशालामा उपस्थित भएको दर्शकलाई खुशी दिलाउने प्रतिवद्धता जनाउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले कम भन्दा कम गल्ती गर्ने योजनामा छौं । गोल खानु भएन । गल्ती नगरी खेलको खण्डमा नतिजा हाम्रो पोल्टामा पर्छ । हाम्रो नारा भनेकै ‘हामी सक्छौं, हामी गर्छौ’ हो । हामी सकारात्म भएर मैदान उत्रिनेछौं ।’

बंगलादेश दोस्रो पटक साफ महिला फुटबलको फाइनलमा प्रवेश गर्दा नेपाल भने पाँचौ पटक फाइनल प्रवेश गरेको हो । सन् २०१६ को संस्करणमा सेमिफाइनलबाट नै बाहिरिएको नेपाल अन्य संस्करणमा भने उपविजेतामा सिमित हुँदै आएको छ ।

प्रशिक्षक थापाले भने जस्तो सोमवारको फाइनलमा नेपाली टोलीका लागि सहज भने हुनेछैन । नेपाली टोलीका केही अनुभवि र राम्रा खेलाडीमा डेंगुको समस्या देखिएको छ । साथै बंगलादेशले जारी प्रतियोगितामा गरेको प्रदर्शनको आधारम नेपाल भन्दा समिकरणको हिसावमा बलियो देखिएको छ । बंगलादेशका प्रशिक्षक गोलाम रब्बानी छोटोनले नेपालको मैदानमा हुन लागेको फाइनल खेल बंगलादेशका लागि सहज नभएको स्वीकार गर्नुभयो ।

पछिल्ला चार खेलको अनुभवको आधारमा आफ्नो टोलीको मनोबल उच्च रहेको छोटोनले बताउनु भयो । यसअघि विभिन्न प्रतियोगितामा हात पारेको नतिजाको आधारमा पनि आफ्नो टोलीमा अनुभव भएकाले घरेलु टोलीसँग प्रतिष्पर्धात्मक खेल खेल्ने बताउनु भयो । अघिल्ला खेलमा राम्रो खेलेको भन्दो खेलाडीमा कुनै दबाब नभएको उनले थप्दै उपाधि जित्नेमा आशावादी रहेको बताउनु भयो ।

बंगलादेशले समूह चरणको पहिलो खेलमा माल्दिभ्समाथि ३–० को जित निकाल्दै प्रतियोगितामा विजयी शुरुवात गर्दा दोस्रो खेलमा पाकिस्तानमाथि ६–० को फराकिलो जित निकालेको थियो । यस्तै तेस्रो खेलमा भारतमाथि ३–० को जित निकालेको बंगलादेशले सेमिफाइनलमा भुटानमाथि ८–० को फराकिलो जित दर्ता गरेको थियो । बंगलादेशले चार खेलमा कुल २० गोल गरेको छ ।

बंगलादेशकी सविना खातुनले जारी प्रतियोगितामा सर्वाधिक ८ गोल गर्दा बंगलादेशकै लागि ४ गोल गर्ने मोसामत सिरात जहान सोपानको दोस्रो नम्बरमा रहेकी छिन् । जारी प्रतियोगिताको सर्वाधिक गोलकता सविना खातुनले अघिल्ला खेलमा भएको अनुभवको आधारमा राम्रो प्रदर्शन गर्दै उपाधि जित्नेमा आफू आशावादी रहेको प्रतिक्रिया दिनुभयो ।

बंगलादेशसँग भेट पक्का गरेको नेपालले पहिलो खेलमा भुटानबिरुद्ध ४–०, दोस्रो खेलमा श्रीलंकाबिरुद्ध ६–० र सेमिफाइनलमा भारतबिरुद्ध १–० को जित निकालेको छ । नेपालले ३ खेल खेल्दा ११ गोल गर्न सफल भएको छ । नेपाली टोलीका अनुभवि खेलाडी सावित्रा भण्डारी अस्वथाका कारण पछिल्ला दुई खेल गुमाइसकेकी छिन् ।

सोमवार हुने फाइनलमा सावित्राको उपस्थिति अन्योल बनेको छ यद्यपि पछिल्लो प्रशिक्षणमा भने उपस्थित भएकी छिन् । उनको चोट नेपालका लागि टाउको दुखाई बनेको छ । घरेलु मैदानमा नेपाललाई साफ उपाधि उचाल्ने दोस्रो अवसर हुनेछ ।

यस अघि विराटनगरमा भएको फाइनलमा नेपाल भारतसँग ३–१ गोल अन्तरले पराजित भएको थियो । तर यो संस्करणमा नेपालको प्रतिद्वन्द्वी भारत भन्दा अर्को टोली आएको छ ।