२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिजो लोकतन्त्र मास्ने अध्यादेश थियो, आज जोगाउन अध्यादेश आयो: प्रचण्ड



अ+ अ-

काठमाडौ ।  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र र लोकतन्त्रको पक्षमा अध्यादेश जारी भएको दाबी गर्नुभएको छ ।

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा ‘एक्काइशौं शताब्दीको मार्क्सवाद र समाजवाद’ विषयक अन्तरक्रिया  कार्यक्रममा दाहालले भन्नुभयो, "अध्यादेशका बारेमा सबैतिर बिरोध छ, आलोचना भै रहेको छ, विशुद्ध प्राविधिक कुराले मात्र राजनीतिका  कमाण्ड सम्हाल्न सकिंदैन त्यसैले अध्यादेशको विरोध गर्नुको कनै अर्थ छैन ।"

विगतका केपी ओली सरकारले जारी गरेको अध्यादेश गणतन्त्र र लोकतन्त्रको बिरुद्धमा थियो, अहिले यसको पक्षमा छ, अध्यक्ष प्रचण्डले माधव कुमार नेपाल समूहको दल सनाखत भए लगत्तै मन्त्रीमण्डल विस्तार हुने सहमति सत्ता गठबन्धन भित्र भएको पनि जानकारी गराउनुभयो ।