२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

अक्सिजन प्लान्ट स्थापनामा ढिलाइ



अ+ अ-

बैतडी । जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाको काम सुरु हुनसकेको छैन् । गत असारभित्र प्लान्ट निर्माण सम्पन्न गर्ने गरी हेल्थ केयर सप्लायर्सकाठमाडौँसँग सम्झौता भएको भए पनि कम्पनीले हालसम्म पनि प्लान्ट जडानको काम सुरु गर्न नसेकेको हो ।  
 
यसका लागि सङ्घीय सरकारबाट रु एक करोड ५० लाख र सुदूरपश्चिम प्रदेश सरकारबाट रु ८० लाख बजेट प्राप्त भएको थियो । बोलपत्र आह्वान गरी सप्लायर्स छनोट गरेको भए पनि हालसम्म पनि जडानको काम सुरु नभएको अस्पतालका प्रमुख डा वसन्तराज जोशीले जानकारीदिनुभयो । गएकोे आर्थिक वर्षको असारभित्र प्लान्ट स्थापना गर्ने भनेर सम्झौता भएको हो । गतअसारमा अस्पताल र कम्पनीबीच सम्झौता भएको थियो र  यसपछि कम्पनीले प्लान्ट  जडानका लागि एक महिना थप गरिदिन निवेदन दिएको थियो ।

 उहाँले भन्नुभयो,“एक महिना थप गरेका अवधिमा पनि प्लान्ट जडानको काम सुरु भएको छैन् ।” उहाँले भन्नुभयो,“कम्पनीको मान्छेसँग सम्पर्क गर्दा चीनबाट सामग्री मगाएका छौ, अझै नेपालमा पुगेको छैन भन्ने जवाफ आएको छ।”

कोरोना महामारीको दोस्रो लहर फैलिएसँगै जिल्लामा अक्सिजन अभाव भएपछि प्रदेश सरकार र सङ्घीय सरकारले प्लान्ट स्थापनाका लागि बजेट विनियोजन गरेको थियो । तेस्रो लहर आउने सम्भावना बढेको भए पनि प्लान्ट स्थापनाको काम नहुँदा महामारी फैलियो भने पनि उपचारमा समस्या हुने देखिएको छ । 

जिल्लामा प्लान्ट नहुँदा सिलिन्डर खरिद गरी अक्सिजन आपूर्ति गर्नुपर्ने अवस्था छ । प्लान्ट स्थापना भएपछि आवश्यकताअनुसार अक्सिजन उत्पादन गर्न सकिने जनाइएको छ ।

उक्त प्लान्ट ५० श्ययाको अस्पतालका लागि पनि सहयोग पुग्ने विश्वास गरिएको छ । प्रमुख डा जोशीले भन्नुभयो “प्लान्ट स्थापनाले ५० श्ययाको अस्पताल सञ्चालनमा आएपछि त्यसका लागि पनि सहयोग पुग्छ, कोरोनाका बिरामीका लागि मात्रै नभएर अन्य शल्यक्रिया, सघन उपचार कक्ष सञ्चालनका लागि पनि सजिलो हुन्छ ।”

अस्पतालमा १०० बढी अक्सिजन सिलिन्डर छन् भने ३२ कन्सन्ट्रेटर छन् । भारतसँग सीमा जोडिएको बैतडीमा हालसम्म कोरोनाका कारण १८ जनाको मृत्यु भइसकेको छ ।