१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता News Polar खोलाले बगाएर महिलाको मृत्यु News Polar बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार News Polar पहिरोका कारण सोलुखुम्बु-काठमाडौँ आवागमन बन्द

प्रधानन्यायाधीश जबराकी छोरीको आग्रहः आफ्नो परिवारको जीवन रक्षाका लागि साथ दिनुप-यो(भिडियोसहित)

प्रधानन्यायाधीश जबराकी छोरीको आग्रहः आफ्नो परिवारको जीवन रक्षाका लागि साथ दिनुप-यो(भिडियोसहित)
अ अ+ अ-

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबराकी छोरी सुनिधीले आफ्नो परिवारको जीवन रक्षाका लागि पहल गरिदिन नेपाली जनतासँग आग्रह गर्नुभएको छ ।

जबराकी छोरी सुनिधीले आफूहरुको परिवारलाई सरकारले नजरबन्दमा राखेर अत्याचार गरेको भन्दै बाँच्न पाउने आफूहरुको अधिकार सुरक्षित गर्न पनि नेपाली जनताले साथ दिनुपर्ने बताउनु भयो । आईतवार अपरान्ह बालुवाटारस्थित प्रधानन्यायाधीशको निवासबाट गाडीमा बाहिर निस्कने क्रममा उहाँले आफूहरुलाई गठबन्धन सरकारले बाहिर निस्कन र भित्र पस्न समेत नदिएर अत्याचार गरेको उल्लेख गर्दै नेपाली जनताको साथ चाहिएको बताउनु भयो ।

देशको माया हुने, अदालतको माया हुने जो कोहीले पनि आफूहरुलाई साथ दिएर सरकारको दमनबाट उन्मुक्ति दिलाइदिन पनि नेपाली जनताबाट ठूलो भरोसा लिएको बताउनु भयो । उहाँले भावविह्वल हुँदै स्कुुलमा रहेको बच्चा ल्याउने नदिने, औषधि ल्याउन पनि नदिने गरी प्रहरीहरु सरकारले परिचालन गरेको दुःखेसो गर्नुभयो । हामीमाथि सरकारले आफ्नो पावर देखाएर किन यस्तो अराजकता फैल्याएको छ ? भन्ने कुरा आफूहरुले बुझ्न नसकेको उल्लेख गर्दै सुनिधीले त्यसबारे तथ्य बुझ्न पनि नेपाली जनतालाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामीलाई बाहिर निस्कन पनि दिइराखेको छैन । बच्चाहरु स्कुलमा लिन जानुपर्छ । एउटा बच्चा लिइ आइराखेको बेलामा उसलाई पनि समातेर लगेर थुनिदियो । हामीले पनि बाँच्न पाउनुप-यो नि । एकदमै अराजकताको पनि पराकाष्ट छ । अब के कारणले यिनीहरुले गरिराख्या छ भन्ने कुरा हामीले पनि बुझिराख्या छैन । यिनीहरुलाई चाहीँ एक किसिमको लाज पनि हराएर, नैतिकता पनि हराएर हामीमाथि यस्तो अन्याय, अत्याचार भएको छ । अब यो सबै कुरा चाहीँ नेपाली जनताले बुझिदिनु प-यो । हामी यही टेलिभिजनबाट, मिडियाबाट आह्वान गर्न चाहन्छौं–सबजनालाई एकदमै देशको माया छ, यो अदालतको माया छ भने सबजना उठेर आई दिनुप-यो । हामीहरुलाई यस्तो बेलामा नजरबन्दमै राखिएको छ । हामीबाट यहाँबाट बाहिर निस्कन र भित्र जाने हाम्रो कन्डिसन छैन । यो कुरा चाँही सबै जनाले बुझिदिनु प-यो ।

म यही भन्न चाहन्छु । हामी १० बजे अदालत जाने भनेपछि पुलिसहरु एकदमै आक्रामक शैलीमा हाम्रो निवासको बाहिर जम्मा हुनुभएको छ । उहाँहरुले हामीलाई बाहिर निस्कन पनि दिइराख्नु भएको छैन । बच्चाहरुलाई लिन जानुपर्छ सन्चो छैन । औषधिहरु लिन जानुप-यो । काम गर्ने मानिस बाहिर हिँडीराखेको बेलामा उनीहरुलाई समातेर लगेर अराजकता मच्चायो भनेर थुनिराखेको छ । अराजकता कसले मच्चाईराखेको छ ? त्यो त स्वतन्त्र रुपमा देखिराख्या छ बाहिर । उहाँहरुले एकदमै सबै जनालाई आफ्नो सरकारको दमनमा पावर देखाएर हामीलाई यस्तो गरिराख्नुभएको छ । यो सबै कुरा नेपाली जनताले बुझ्न एकदमै जरुरी छ । अहिलेको सरकारले एकदमै हामीलाई अन्याय, अत्याचारै गरेको छ । यो गठबन्धनको सरकारले हामीमाथि अत्याचारै गरेको छ ।

हामीले त एउटा ठूलो अपराधीले कुनै मान्छेलाई नै मारेर लुकाएको जस्तो किसिमको व्यवहार प्रहरीले हामीमाथि गरेको छ । सरकार हाम्रो विरुद्धमा लागेको छ । हाम्रो त हातखुट्टा नै बाँधी राखेको अवस्था छ । यस्तो बेलामा हामी के गर्नसक्छौं ? हामीले सहयोग माग्ने भनेको, आह्वान गर्ने भनेको नेपाली जनताहरुसँग हो । हामीले बिम्ति गरेका छौं उहाँहरुसँग । उहाँहरुले के सही हो, के लगत हो ? छुट्टयाएर, बुझेर सबैजना जम्मा भएर आइ दिनुप-यो । अब घरमा बसेर सोसल मिडिया हेरेर म्यासेन्जरमा स्क्रूल गरेर, कमेन्ट गरेर मात्रै हुँदैन । यदि उहाँहरुलाई दशेको माया छ भने, अदालतको माया छ भने हामीलाई सहयोग गर्नुप-यो ।’

सुनिधीका अनुसार स्कुलको बच्चा लिन गएकी सहयोगीलाई पनि प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेको छ । यसैबीच, निलम्बित प्रधानन्यायाधीश जबरा अस्वस्थ हुनुभएको बुझिएको छ । छोरी सुनिधीका अनुसार उहाँलाई सन्चो नभएको हो । प्रहरीले जबराको उपचारका लागि औषधि ल्याउन समेत नदिएको बताइएको छ ।

निलम्वित प्रधानन्यायाधीश जबराले आफूमाथि प्रतिनिधिसभामा लगाइएको महाअभियोग पुष्टि नभएको भन्दै आज (आईतवार) बिहान १० बजे सर्वोच्च अदालतमा काममा फर्कने तयारी गर्नुभएको थियो । तर सरकारले नजरबन्दमा राखेर जान नदिएको परिवारले बताएको छ ।

यता, राष्ट्रिय मानव अधिकार आयोगको टोली निलम्वित प्रधानन्यायाधीश जबरा र उहाँको परिवारको अवस्थाबारे जानकारी लिन गएपनि त्यसबारे कुनै औपचारिक जानकारी गराएको छैन ।