२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद

अध्यादेशविरूद्ध सर्वोच्चमा परेका रिटमाथी अर्को हप्ता पहिलो सुनुवाइ हुने

अध्यादेशविरूद्ध सर्वोच्चमा परेका रिटमाथी अर्को हप्ता पहिलो सुनुवाइ हुने
अ अ+ अ-

काठमाडौं । राजनीतिक दलसम्बन्धी अध्यादेशविरूद्ध सर्वोच्च अदालतमा परेका छ वटा रिटमाथिको पहिलो सुनुवाइ भने अर्को हप्ता हुने भएको छ ।

बिहिबार सरकारले ल्याएको अध्यादेशविरूद्ध अधिवक्ता प्रवेश केसी, अर्जुनकुमार अर्याल र सकुन्तला भुषाल, निवेश लम्साल र अनुपा अर्याल, श्रीकान्त बराल लगायतले सर्वोच्चमा छुट्टाछुट्टै दिएका रिट संवैधानिक इजलासका लागि दर्ता भएका छन् ।

संवैधानिक इजलास प्रत्येक हप्ताको बुधबार र शुक्रबार बस्छ। बुधबार संवैधानिक इजलासमा अन्तिम सुनुवाइ गर्नुपर्ने मुद्दा पेशीमा चढ्छन्। शुक्रबार पहिलो सुनुवाइ गर्नुपर्ने मुद्दा पेशीमा चढ्छन्।

सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार भोलिलाई पहिलेका मुद्दा धेरै भएकाले यी रिटको पेशी चढ्ने सम्भावना नरहेको बताए।

निवेदकमध्ये अधिवक्ता केसीको रिटमा सरकारले दल विभाजनसम्बन्धी कानूनको व्यवस्थालाई अध्यादेशमार्फत् संशोधन गर्ने निर्णय नै खारेज गर्न माग गरिएको छ। केसीले सरकारले संविधानमाथि जालसाजी गरेर ल्याएको अध्यादेश खारेज गर्न माग गरेका छन्।

यसअघि संसदीय दल र केन्द्रीय समितिमा ४० प्रतिशत पुर्याएर पार्टी विभाजन गर्न सकिने कानुनी व्यवस्थालाई मन्त्रिपरिषदले भने संसदीय दल वा केन्द्रीय समितिमा २० प्रतिशत पुर्याए दल विभाजन हुन सक्नेगरी अध्यादेश ल्याउने सिफारिस गरेको थियो। राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार उक्त अध्यादेश जारी गरेकी थिइन्।