२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद

नेप्सेमा दोहोरो अङ्कको गिरावट, बजार पूँजीकरण ४४ खर्ब ४३ अर्ब

नेप्सेमा दोहोरो अङ्कको गिरावट, बजार पूँजीकरण ४४ खर्ब ४३ अर्ब
अ अ+ अ-

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । लगातार कीर्तिमान कायम राख्दै आएको नेप्सेमा शेयर कारोबार हुने साताको अन्तिम दिन आज भने करेक्सन देखिएको हो । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा १८.२४ बिन्दुले गिरावट आई तीन हजार १८०.७८ मा ओर्लेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ८.३३ बिन्दुले घटेर ५९०.१५ बिन्दुमा सीमित भएको छ । कूल २२९ कम्पनीको तीन करोड नौ लाख १२ हजार ६९७ कित्ता शेयर रु २० अर्ब ४९ करोड ९२ लाख १० हजार ७६७ मूल्यमा खरिद बिक्री भए । 

नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज पाँच उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ भने आठ उपसमूहको शेयर ओरालो लागेको छ । व्यापार १८.७१, निर्जीवन बीमा ४५७.४७, अन्य ३४.२२, लघुवित्त ५०.६३ र जीवन बीमा ४६८.५७ बिन्दुले बढेको छ । यस्तै बैंकिङ १९.५५, होटल तथा पर्यटन ३०.०७, विकास बैंक १६२.४५, जलविद्युत् १२३.३१, वित्त ७३।३१, उत्पादन १९.२८, सामूहिक लगानी कोष ०.१ र लगानी ४.९२ बिन्दुले घटेको छ । 

कारोबारका आधारमा अरुण काबेली शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु एक अर्ब १६ करोड ७८ लाख ३२ हजार ४३५ बराबरको कारोबार भई शीर्ष स्थानमा रहेको छ । अरुण भ्याली हाइड्रोपावर रु एक अर्ब १६ करोड ५२ लाख ४० हजार ३८७, नेशनल हाइड्रोपावर रु ८३ करोड ३२ लाख २० हजार २४२, रिडी हाइड्रोपावर रु ५७ करोड ९८ लाख ६१ हजार ३२० र एचआइडिसिएल रु ४८ करोड ६९ लाख सात हजार २२४ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे । 

कारोबारका आधारमा जीवन विकास लघुवित्तको शेयरमा १० प्रतिशतले मूल्यवृद्धि हुँदा सकारात्मक सर्किट लाग्यो । रिडी हाइड्रो पावर ८.५९, साना किसान लघुवित्त ७.५१, सिइडिबी हाइड्रोपावर ६.९५ र युनाइटेड इन्स्योरेन्सका लगानीकर्ताले ६.३२ प्रतिशतले कमाए । 

यस्तै एचआडसिए, खानीखोाला हाइड्रोपावर, पञ्चकन्या माई हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले गिरावट आउँदा नकारात्मक सर्किट लागेको छ । ङादी ग्रुप अफ पावर ८.७६ र माउण्टेन हाइड्रो नेपालका लगानीकर्ताले ८.१८ प्रतिशतले गुमाए । साताको अन्तिम दिनको कारोबारपछि बजार पूँजीकरण रु ४४ खर्ब ४३ अर्ब १८ करोड सात लाख ८८ हजार २१८ बराबर पुगेको छ ।