२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

वाग्मतीका प्रदेश प्रमुख प्रसाईं हटाइए, प्रदेश प्रमुखमा शर्मालाई गर्यो सिफारिस



अ+ अ-

काठमाडौं । सरकारले बाग्मती प्रदेशको प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंलाई बर्खास्तगरेको छ । 

प्रधानमन्त्री निकट स्रोतका अनुसार बिहिबार प्रदेश प्रमुख प्रसाईंलाई बर्खास्त गर्दै यादव शर्मालाई नियुक्तिका लागि सिफारिस गरेको हो । प्रदेश प्रमुखमा सिफारिस भएका शर्मा माधव नेपाल निकट हुन् । 

गत असार २८ गते शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्ति भएयता सरकारले चार जना प्रदेश प्रमुख फेरिसकेको छ । गण्डकीमा पृथ्वीमान सिंह गुरुङ, लुम्बिनीमा अमिक शेरचन र प्रदेश २ मा हरिशंकर मिश्र नियुक्त भइसकेका छन् ।