२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भदौ ९ गतेदेखि काठमाडौंमा भेरोसेलको दोस्रो डोज दिइने



अ+ अ-

काठमाडौं । काठमाडौंमा भदौ ९ गतेदेखि कोभिड–१९ विरुद्धको भेरोसेल खोप लगाउने भएको छ । काठमाडौं जिल्लाका १४४ खोप केन्द्रबाट पहिलो डोज लगाएका नागरिकले दोस्रो डोज पाउने भएका छन् । 

साउन १४ गतेदेखि भेरोसेलको पहिलो डोज लगाई तीन हप्ता पूरा भएका २ लाख १६ हजार नागरिकहरुलाई दोस्रो डोज दिइने स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काले बताएका छन् । 

खड्काका अनुसार भेरोसेलको दोस्रो डोज खोप लगाउन पहिलो डोज खोप लगाएको खोप कार्ड लिएर जानुपर्नेछ ।