२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मैले माधव नेपालको कहिल्यै कुभलो सोचिन : अध्यक्ष ओली



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालको कुभलो कहिल्यै नसोचेको बताएका छन् । बिहीबार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले आफूलाई अहङ्कारी भन्नु उहाँको कमजोरी निराधार आरोप भएको बताएका हुन् । 

ओलीले आफूले कैयौँ पटक भेटेर कुरा गरौँ भन्दा पनि नेता नेपालले भेट्नै नचाहेको गुनासो गरेका छन् । 

‘मैले माधव नेपाललाई भेटौँ भन्दा भेट्दिनँ भने, कम्तीमा दुई वर्ष भयो होला माधव नेपालले फोन गरेका छैनन्, मैले लगातार फोन गरिरहेको छु, कुरा गरिरहेको छु, उहाँले म बालुवाटार आउँदिन भन्दा म आफैँ ठाउँ–ठाउँका होटलमा गएर भेटेँ’, ओलीले भन्नुभयो ।  

कार्यक्रममा ओलीले माधवकुमार नेपाल पार्टीको नेतृत्वमा रहँदा, सरकारको नेतृत्वमा रहँदा पार्टीलाई सिध्याउने भूमिकामै केन्द्रित रहेको लगायतका आरोप पनि लगाउनुभयो ।