४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रिमियर लिगः म्यान्चेस्टर सिटीको सहज जित



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर सिटीले सहज जित निकालेको छ । शनिबार साँझ सम्पन्न खेलमा सिटीले वल्भ्सलाई उसकै मैदानमा ३–० गोलले पराजित गरेको हो ।

सिटीलाई जित दिलाउन ज्याक ग्रिलिस, एर्लिङ हालाण्ड र फिल फोडेनले एक–एक गोल गरे ।

खेलको पहिलो मिनेटमा नै ग्रिलिसले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए । १६ औं मिनेटमा हालाण्डले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे । यस्तै ६९ औं मिनेटमा फोडेनले गोल गर्दै सिटीको जित सुनिश्चित गरे ।

३३ औं मिनेटमा नाथान कोलिन्सले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि वल्भ्स १० खेलाडीमा समेटिएको थियो । जितसँगै सिटी ७ खेलबाट १७ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । वल्भ्स ६ अंकसहित १६ औं स्थानमा छ ।