२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद

अमेरिकी सिनेटरको पहलमा नेपालले पाउने भो कोरोना संक्रमितलाई गम्भीर हुनबाट रोक्ने डाइटरी सप्लीमेन्ट

अमेरिकी सिनेटरको पहलमा नेपालले पाउने भो कोरोना संक्रमितलाई गम्भीर हुनबाट रोक्ने डाइटरी सप्लीमेन्ट
अ अ+ अ-

काठमाण्डौ । टेक्सस राज्यका एक पूर्व सिनेटरको प्रयासमा एक वैज्ञानिकले निर्माण गरी अमेरिकामा प्रयोगमा रहेको कोभिड संक्रमितलाई गम्भीर हुन नदिने र अस्पताल जानुपर्ने अवस्थाबाट रोक्ने डाइटरी सप्लीमेन्टको ठूलो मात्रा नेपाललाई सहयोगस्वरुप प्राप्त हुने भएको छ । 

आज एक कार्यक्रमका बीच अमेरिकी टेक्सस राज्यका पूर्व सिनेटर ड्यान शेलीले बसन्त चौधरी फाउण्डेसन र नर्भिक इनिसिएटिभ्स फर न्यूट्रिसन एण्ड हेल्थको पहलमा कोरोना संक्रमितको उपचारमा प्रभावकारी देखिएको नाइट्रिक अक्साइडको डाइटरी सप्लिमेन्ट करिब ७ लाख ५० हजार अमेरिकी डलर मूल्य बराबरको १० हजार बोटल नेपाललाई प्रदान गर्ने घोषणा गरेका हुन् । 

यो डाइटरी सप्लिमेन्ट अमेरिकी वैज्ञानिक तथा खोजकर्ता डा. न्याथन ब्रायनले निर्माण गरेका हुन् । उनले तयार गरेको यो सप्लीमेन्ट अमेरिकी बजारमा विगत १० वर्षदेखि प्रयोगमा रहेको छ । 

कार्यक्रममा बोल्दै डा. न्याथनले यो सप्लीमेन्टीले कोभिड १९ मात्र नभई विभिन्न इन्फ्लूएञ्जाबाट बिरामीलाई गम्भीर हुनबाट रोक्नका लागि विशेष काम गर्ने दाबी गरे । 
‘अमेरिकामा १० वर्षदेखि बजारमा उपलब्ध नाइट्रिक अक्साइडको डाइटरी सप्लीमेन्टको प्रयोगले कोभिड १९ का बिरामीहरुमा सकारात्मक प्रभाव पारेको हामीले गरेको प्रयोगबाट देखिएको छ । यो डाइटरी सप्लीमेन्ट संक्रमण भएको ७२ घण्टाभित्र चुसेर सेवन गर्नुपर्ने हुन्छ । दैनिक २ पटक दरले सेवन गर्न थालेपछि यसले शरीरमा घटेको अक्सिजनको मात्रा बढाउँछ र संक्रमित गम्भीर भई अस्पताल भर्ना हुनबाट जोगाउने काम गर्छ ।’ डा. ब्रायनले भने–‘यस्तो जीवनरक्षक डाइटरी सप्लीमेन्ट कोरोना भाइरसविरुद्धको भ्याक्सिनको कम उपलब्धता हुने नेपालजस्तो मुलुकका लागि वरदान सावित हुनसक्छ ।’

कोभिड १९ का बिरामीहरुको शरीरभित्र नाइट्रिक अक्साइडको सामान्य अंश समेत उत्पादन नहुँदा समस्या देखिने गरेको आफ्नो खोजको क्रममा पत्ता लागेको उनले उल्लेख गरे । ‘नाइट्रिक अक्साइड भनेको प्राकृतिक रुपमा शरीरभित्र उत्पादन हुने र शरीरलाई चाहिने एक महत्वपूर्ण पदार्थ हो । यस पदार्थले रक्तचापको व्यवस्थापनका साथै शरीरको अक्सिजन स्याचुरेशन व्यवस्थापन गर्न समेत मद्दत गर्दछ ।

यसका साथै  नाइट्रिक अक्साइडले इन्फ्लेमेसन घटाउने तथा कोरोना भाइरससहितका अन्य इन्फेक्सनविरुद्ध  लड्ने प्रतिरोधात्मक भूमिकाको कार्य समेत गर्छ ।’ डा. ब्रायनले भने–‘हालसम्मको प्रयोग र प्रमाणहरुमा उच्च रक्तचाप, मधुमेह, मोटोपना, ध्रुमपान सेवनकर्ता, मृगौला सम्बन्धी रोगी, मुटुरोगबाट पीडितहरुको शरीरमा नाइट्रिक अक्साइड उत्पादन गर्नसक्ने क्षमताको कमी र त्यस्ता रोगीहरु कोभिड संक्रमणको उच्च जोखिममा रहेको पाइएको छ भने उनीहरुलाई लागेको रोग समेत तीव्र गतिमा जटिल बन्नसक्छ ।’ 

पछिल्लो तथ्यांकअनुसार नेपालमा ४७ लाख ८५ हजारभन्दा केही बढी जनसंख्याले खोपको पहिलो मात्रा र ३४ लाख ४९ हजार ७ सयभन्दा केही बढीले मात्र खोपको दुवै मात्रा लगाउन पाएका छन् । खोपको पहुँचबाट अझै पनि निकै ठूलो जनसंख्या टाढा रहेको अवस्थामा कोभिड संक्रमण भइहाले पनि गम्भीर अवस्था आउन नदिन अमेरिकी सहयोगमा प्राप्त डाइटरी सप्लीमेन्ट महत्वपूर्ण सावित हुनसक्ने नर्भिक इनिसिएटिभ्स फर न्यूट्रिसन एण्ड हेल्थका चेयरम्यान पारस शाक्यले बताए । 

अमेरिकी टेक्सस राज्यका पूर्व सिनेटर सिनेटर ड्यान शेलील यस डाइटरी सप्लीमेन्टको प्रयोगले उच्च जोखिममा रहेका वा पर्नसक्ने कोभिड संक्रमितको ज्यान बचाउन उपयोगी हुने विश्वास व्यक्त गरेका छन् । शेलीले भने–‘नेपालमा पनि कोभिड संक्रमित तीव्र गतिमा बढेका र मृत्यु हुने संख्या समेत बढिरहेको समाचारलाई मैले बेवास्ता गर्न सकिँन । कोभिडका कारण धेरै क्षति व्यहोरेको नेपालजस्तो मुलुकका लागि हामीमा चलिसकेको डाइटरी सप्लिमेन्ट काम लाग्नसक्छ भन्ने लाग्यो । त्यही भएर हाम्रो रोजाईमा नेपाल पनि परेको हो ।’ 

यसैबीच, सो अवसरमा नाइट्रिक अक्साइडसँग सम्बन्धित खोजमा २० वर्षदेखि संलग्न अमेरिकी खोजकर्ता तथा वैज्ञानिक डा. न्याथन एस. ब्रायनले हालसालै कोरोना भाइरसविरुद्ध निकै प्रभावकारी देखिएको लयखष्चष्अष्म नामको औषधि समेत बनाइसकेका जानकारी दिइएको छ । हाल अमेरिकामा यो औषधिको तेश्रो फेजको क्लिनिकल ट्रायल चलिरहेको सो क्रममा बताइएको छ । सो औषधिको क्लिनिकल ट्रायलका लागि नेपाल सरकारसँग पनि अनुमति मागिसकिएको कार्यक्रममा जानकारी दिइएको छ । 

कार्यक्रममा बोल्दै नर्भिक इन्टरनेशनल अस्पतालका संस्थापक बसन्तकुमार चौधरीले अमेरिकामा सफल प्रयोग भइरहेको महत्वपूर्ण डाइटरी सप्लीमेन्टको नेपालमा प्रयोगका लागि विश्वविख्यात वैज्ञानिक तथा खोजकर्तासँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताए । ‘सहकार्यका लागि उहाँहरुले नर्भिकलाई रोज्नुभएकोमा हामी कृतज्ञता ज्ञापन गर्छौ ।’ उनले भने–‘नेपाल सरकारसँग समन्वय गरी अमेरिकाबाट सहयोगस्वरुप प्राप्त हुने सप्लीमेन्ट कोभिड संक्रमितलाई वितरणको व्यवस्था मिलाइनेछ ।’

चौधरीले अमेरिकी पूर्व सिनेटरबाट घोषणा भएको सहयोग नेपाल सरकारले कोभिड १९ को तेश्रो लहर सुरु हुने भनी गरेको प्रक्षेपणभन्दा अगाडि नै प्राप्त हुने र १० हजार बोटलले २० हजार संक्रमितलाई गम्भीर हुनबाट रोक्न सकिने जानकारी दिए ।