२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद

‘तपाईं स्वस्थ हुनुहुन्छ ?’ प्रश्न सोध्दै जीवन चक्र

‘तपाईं स्वस्थ हुनुहुन्छ ?’ प्रश्न सोध्दै जीवन चक्र
अ अ+ अ-

काठमाडौ । हरेक समस्याको मुल कारण अस्वस्थता हो भन्ने मुल अवधारणामा बनेको टेलिसिरियल हो जीवन चक्र । नेपाल टेलिभिजनमा हाल प्रशारण भइरहेको यो टेलिसिरियलको सुरुवाती चरणका केही भागहरु कर्णाली क्षेत्रमा केन्द्रित रहेर मुगुको दुर्गम गाउँमा छायांकन गरिएको छ ।

जीवन चक्रमा त्यहीका गाउँलेहरुले अभिनय गरेका छन् । स्वास्थ्यचौकीमा भूत बस्छ भन्ने जनविश्वासका कारण बन्द हुन पुगेको उक्त स्वास्थ्यचौकी खोल्न गाउँ पुगेका स्वास्थ्यकर्मीको भूमिका विशाल पोख्रेलले अभिनय गरेका छन् । कर्णाली सिरिज पछि सुदुरपश्चिम सिरिज त्यसपछी मधेस सिरिज अनि अन्त्यमा शहर सिरिजका रुपमा आउने जीवन चक्र स्वास्थ्यका गम्भीर र जड विषयहरुमा केन्द्रित रहि उत्पादन गरीएको छ ।

युनिसेफको सहयोगमा स्वास्थ्य सूचना तथा सञ्चार केन्द्रले निर्माण गरेको जीवन चक्र यस वर्ष मनोज पन्डितको लेखन र निर्देशनमा निर्माण भैरहेको छ भने अल थ्री मिडिया घरले प्राविधिक व्यवस्थापन गरिरहेको छ ।

मनोरञ्जनका अनेकौँ विकल्प उपलब्ध भैरहेको अवस्थामा यो नयाँ सस्करणको जीवन चक्र नेपाली दर्शकले किन हेर्ने भन्ने प्रश्नमा निर्देशक पन्डित भन्छन्– “जीवन चक्र त्यस्तो मन्त्र हो जसले मानव समाजको अधिकांश समस्या समाधान गर्न मार्गदर्शन गर्छ । यो सिरिज त्यो चेतनालाई आत्मसाथ गर्नका लागि हेर्ने हो । किनकी हामी अनेकौँ समस्याहरुबाट ग्रसित छौँ । मनोरञ्जन गर्नु मात्रै मुल कुरो होइन, चेतनाको विकास ठूलो कुरो हो तर त्यसो भन्दैमा मनोरञ्जनलाई बेवास्ता गरिएको छैन । श्रृजनशिल मनोरञ्जनलाई हामीले महत्व दिएका छौ ।”

के तापाईं स्वस्थ हुनुहुन्छ ? भन्ने आफ्नो मुल मन्त्र बनाएको जीवन चक्रका लागि अध्ययन अनुसन्धान गर्दै जादा समाजमा पूर्ण स्वस्थ मानिस भेटाउन गाह्रो भएको अनुभव सुनाउदै निर्देशक पन्डित भन्छन्, “हामी सबै अस्वस्थ छौ । भौतिक स्वास्थ्यको लागि केही पहल भएपनि मानिसको स्वास्थ्यमा हामी सबैको ध्यानाकर्षण पुगेको छैन ।” जीवन चक्रले यहि एउटा तथ्य स्थापित मात्र गर्न सक्यो भने आफ्नो अथक र इमान्दार प्रयत्न सार्थक हुने उनी बताउछन् ।

नेपाल टेलिभिजनमा हरेक आईतबार ७ः२५ बजे प्रशारण हुदै आईरहेको जीवन चक्रको छायांकन डोर बहादुर कटुवाल, सम्पादन सन्तोष दवाडी र संगीत पुष्कर महतौले गरेका हुन् ।