२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद

पार्टी एकता र पार्टी निर्माणको अभियानमा जुट्न एमाले गोरखाको आग्रह

पार्टी एकता र पार्टी निर्माणको अभियानमा जुट्न एमाले गोरखाको आग्रह
अ अ+ अ-

गोरखा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) गोरखाले पार्टी एकता र पार्टी निर्माणको अभियानमा जुट्न सबैलाई अपिल गरेको छ । विहिबार एमालेका गोरखा जिल्ला अध्यक्ष प्रेम गुरुङले एक विज्ञप्ती जारी गर्दै पार्टी भित्रका केही अराजक र पदलोलुप ब्यक्तिहरुले पार्टी बिभाजनको यात्रा तय गरेकाले त्यस्ता गतिबिधीको प्रतिरोध गर्न आग्रह गरेका हुन् ।  

विज्ञप्तीमा लेखिएको छ, ‘पार्टी भित्रका केही अराजक, कुण्ठाग्रस्त, इष्र्यालु र पदलोलुप ब्यक्तिहरुले बिभिन्न खाले भ्रम र प्रलोभन देखाइ पार्टी लोकतन्त्र र सिङ्गो कम्युनिस्ट आन्दोलन माथि गम्भिर अपराध सहित पार्टी बिभाजनको यात्रा तय गरेका छन । यस्ता खाले अपराधजन्य अराजक र अपराधिक कृयाकलापको दृढतापुर्बक प्रतिरोध गर्न र कुनै पनि खाले भ्रममा नपरी पार्टी एकता र पार्टी निर्माणको अभियानमा जुट्न सम्पूर्ण नेता कार्यकर्ता समर्थक सुभेच्छुकहरु सहित तमाम् जिल्लाबासि जनसमुमायहरुमा हार्दिक अपिल गर्दछौँ ।’

अध्यक्ष गुरुङले अध्यादेश ल्याएर पार्टी विभाजन गराएको भन्दै एमालेले राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक रुपान्तरण सहित सबै खाले शोषण उत्पिडनको अन्त्य गरी “समृद्द नेपाल सुखी नेपाली” को महान अभियानमा जुटेको बताएका छन् ।  

‘राष्ट्रिय स्वाधिनता सार्बभौमिकता र स्वाभिमानको पक्षमा दृढ रहदै संबिधानको सर्बोच्चता, संघियता, धर्मनिरपेक्षता, लोकतन्त्र र समाबेसिता सहितको संघिय लोकतान्त्रिक गणतन्त्र हाम्रो दृढ विश्वास र अठोट हो । संबिधान, लोकतन्त्र र दलीय प्रणालीलाइ नै समाप्त गर्ने गरी बनेको बर्तमान अपवित्र गठबन्धन सहितको परमादेशद्वारा गठित सरकारले असंसदीय अलोकत्रान्त्रिक र बिभाजनकारी अध्यादेश ल्याएको छ । यस्ता आपत्तिजनक र निन्दनीय कार्यको हाम्रो पार्टी घोर निन्दा र भ्रत्सना गर्दछ’, विज्ञप्तीमा लेखिएको छ ।