२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नक्कली नागरिकता र कागजात देखाएर करोडौं ठगी गरेको आरोपमा भारतीय नागरिक पक्राउ



अ+ अ-

काठमाडौं । प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। नक्कली नागरिकता तथा कागजात बनाई विभिन्न व्यक्तिलाई ठगी गरेको आरोपमा भारतको हिमाञ्चल प्रदेशको सिम्ला जिल्ला घर भएका ३९ वर्षीय रविकुमार सिंहलाई प्रहरीले पक्राउ गरेको हो ।

सुर्खेतको साविक लाटीकोइली गाविस–७ जन्मस्थान र कैलाली टीकापुर नगरपालिका–९ स्थायी ठेगाना उल्लेख भएको नक्कली नागरिकताको प्रतिलिपि देखाएर विभिन्न व्यक्तिबाट रकम र सवारी साधन ठगी गर्ने उनलाई महानगरीय अपराध महाशाखाको टोलीले सोमबार साँझ ललितपुरको महालक्ष्मी नगरपालिका–५ सेतीपाखाबाट पक्राउ गरेको हो ।

सिंहले रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–६ का कृष्णबहादुर गुरुङसँग बा १२ च ३८५९ नम्बरको कार लिई सम्पर्कविहीन भएको र सोही कार नक्कली ब्लुबुक देखाएर ८ लाख ३५ हजार रुपैयाँमा भक्तपुर बस्ने प्रदीप रायसँग धितो राखी ठगी गरेको खुलेको महाशाखाले जनाएको छ।

यस्तै बुटवल उपमहानगरपालिका–८ का हरि मल्ल र महेन्द्रकुमार श्रेष्ठलाई बुटवल–नारायणघाट सडकखण्डको रुख कटानको आफूसँग सब–कन्ट्रयाक्ट भएको र त्यसमा लगानी गरे फाइदा हुने भन्दै ४३ लाख ७३ हजार रुपैयाँ लिएर खातामा पैसा नभएको चेक दिएर सम्पर्कविहीन भएका थिए भने चुरियामाई इन्टरप्राइजेज जडिबुटी, काठमाडौंका सञ्चालक कृष्णहरि गौतमसँग बजाज कम्पनीको बा ९५ प १६८ नम्बरको मोटरसाइकल ३ लाख ३० हजार रुपैयाँमा खरिद गर्ने भनी ३० हजार दिएर बाँकी पैसा पछि दिन्छु भन्दै सम्पर्कविहीन भएको पनि उजुरी परेको महाशाखाले जनाएको छ।

यसैगरी रोयल हाइड्रोकै नक्कली लेटरप्याड, कम्पनीको छाप र नक्कली दस्तखत प्रयोग गरेर आफूलाई संस्थापक अध्यक्ष हुँ भन्दै विभिन्न व्यक्तिहरुलाई करीब एक करोड रुपैयाँ ठगी गरेको भन्दै पीडितहरुले जाहेरी दिएको महाशाखाले जनाएको छ।

उनले जनकपुरधाम उपमहानगरपालिकाको न्यू साह एण्ड इन्टरप्राइजेजका सञ्चालक प्रदीपकुमार साहलाई रोयल हाइड्रो कन्ट्रक्सन प्रालिको म्यानेजिङ डाइरेक्टर हुँ भन्दै कम्पनीको प्रदेश ३–०१–०२३ च ००५० नम्बरको ब्रेजा कार मासिक १ लाख ५० हजार रुपैयाँ भाडा दिन्छु भन्दै लगेर सम्पर्कविहीन भएका थिए ।

उनीबाट कोही ठगीमा परेको भए महाशाखामा सम्पर्क गर्न पनि प्रहरी अनुरोध गरेको छ।