२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘ओली र नेपाल दुवैले आफ्ना निर्णय सच्याउनुपर्छ’



अ+ अ-

काठमाडौं । नेकपा एमाले स्थायी कमिटी सदस्यहरुले एमाले अध्यक्ष केपी शर्मा ओली र नयाँ पार्टी गठन गर्ने माधव नेपाल दुवैले आफ्ना निर्णयलाई सच्याउनुपर्ने निष्कर्ष निकालेका छन्।  उनले १० बुँदे सहमतिलाई पालना गरेर अघि बढ्न समेत अपिल गर्ने निर्णय गरेका हुन् । 

एमाले सचिव गोकर्ण विष्टका अनुसार माधव नेपालसहित १४ सांसदलाई गरेको कारबाही ओलीले फिर्ता लिनुपर्ने र नयाँ पार्टी गठनको प्रक्रियाबाट माधव नेपाल पछि हट्नुपर्ने निष्कर्ष निकालेका हुन् । 

बैठकमा एमाले उपाध्यक्ष भीम रावल, युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुसाल,सचिवहरु गोकर्ण विष्ट, योगेश भट्टराई , स्थायी कमिटी सदस्यहरु सुरेन्द्र पाण्डे, रघुजी पन्त र अमृत बोहोरा सहभागी थिए।