१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह News Polar पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार, पश्चिमी क्षेत्रमा आईतवारसम्म मौसमको प्रभाव रहने News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक News Polar १३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी/सूचना आह्वान News Polar अविरल वर्षा रोकिएसँगै काठमाडौंको जनजीवन सामान्य बन्दै News Polar वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित पाँच जना पक्राउ News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल

अछाममा पहिरोमा परेकाहरुलाई तत्काल राहत तथा उद्धारको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण

अछाममा पहिरोमा परेकाहरुलाई तत्काल राहत तथा उद्धारको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण
अ अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का नेता एवम् पूर्वउपप्रधानमन्त्री डा. भिमबहादुर रावलले गृहजिल्ला अछामको विभिन्न स्थानमा पहिरोको चपेटामा परेकाहरुलाई तत्काल राहत तथा उद्धारको आवश्यक व्यवस्था मिलाउन सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भएको छ ।

शनिबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले अछामको कमल बजार, तुर्माखाँद र ढकारी गाउँपालिकामा गएराति आएको पहिरोमा पुरिएर १६ जना भन्दा बढिको ज्यान गएको र ठूलै धनमालको क्षति भएको उल्लेख गर्दै घाईतेहरुको शिघ्र स्वास्थ्य उपचारको व्यवस्था गर्न र पीडितलाई राहतको लागि आवश्यक व्यवस्था तत्काल मिलाउन सरकारसँग माग गर्नु भएको हो । त्यस अवसरमा उहाँले बाटो पहिरोले अवरुद्ध भएकाले नेपाली सेनाको हेलिकप्टर परिचालन गरि घाइतेहरुको उपचारका लागि चिकित्सकहरुको टोली परिचालन गर्न सरकारलाई सचेत गराउनु भयो ।
नेता रावलले विपद्को यस घडीमा अछाम जिल्लाका पहिरो पीडितलाई राहत र उद्धारको काममा कमी हुन नदिन पनि सरकार गम्भिर हुने विश्वास व्यक्त गर्नु भयो ।

उहाँले भन्नु भयो, ‘यो अविरल वर्षा र त्यसपछि आएको पहिरोको कारणले गर्दा अछाम जिल्लाको कमल बजार नगरपालिका, गाउँपालिका धेरै ठूलो धनजनको क्षति भएको छ । अहिलेसम्म प्राप्त सूचना अनुसार १६ जना भन्दा बढिको हताहत भएको खवर छ । स्थानीय प्रशासनका अनुसार । र, थुप्रै घरहरु पहिरोले पुरिएका छन । कतिपय व्यक्तिहरु अहिलेसम्म पहिरोमै पुरिएको अवस्था छ । र, त्यहाँ पुग्नका लागि स्थानीय प्रशासन सशष्त्र प्रहरीहरु, नेपाल प्रहरीलाई त्यहाँ पुग्नका लागि पहिरोले बाटो अवरुद्ध । यस सम्बन्धमा मेरो आज बिहान माननीय गृहमन्त्रीजी र सचिवजीसँग कुरा भएको थियो । गृहमन्त्रीजीले त्यहाँ आदेश गईसकेको कुरा गर्नु भएको छ । र, अहिले त्यहाँ लत्ताकपडा, भाडाकुँडा र घाईतेहरुको औषधिउपचारको अत्यन्त ठूलो खाँचो छ । त्यसका लागि म पुनः त्यहाँ जुन प्रकारको प्राकृतिक विपत्ति आएको छ ।’

‘त्यसलाई एकदमै गम्भिर रुपमा लिएर हेलिकप्टरबाट त्यहाँ सामानहरु पु¥याउने, राहत र उद्धारको कामलाई तदारुपताका साथ गर्ने र चिकित्सकहरु पनि मैले थाहा पाएसम्म मंगलसेन अस्पताल र त्यहाँ उपलब्ध जस्तो अवस्था छ । त्यहाँ जान पनि कतिपय ठाउँमा बाटो अवरुद्ध भएको कारणले गर्दा घाइतेहरु भएको ठाउँमा पुग्न धेरै कठिन छ । त्यसकारण सेनाको हेलिकप्टरबाट चिकित्सकहरुको टोली त्यहाँ पठाइयोस् भन्ने कुरा पनि म माग गर्न चाहन्छु । स्थानीय प्रशासनसँग बुझ्दा राहत र उद्धारका लागि लत्ताकपडा, भाडाकुँडा जति आवश्यक पर्ने हो, त्यहाँ पर्याप्त छैन । त्यसका लागि समेत त्यहाँ तत्काल पठाइएन भने जो व्यक्तिहरु घाइते हुनु भएको छ । उहाँहरुलाई पनि बचाउन त्यसबाट कठिन हुन्छ । किनभने कतिपय ठाउँमा पहिरोका कारण बाटो अवरुद्ध भएको हुनाले त्यहाँ सुरक्षाकर्मीहरु पुग्न धेरै कठिन भएको छ । त्यसकारण यस्तो विपदको बेलामा हामी आज अन्तिम अवस्थामा पनि छौं । यसतर्फ म नेपाल सरकार र गृहमन्त्रीको गम्भिर ध्यानाकर्षण गराउन चाहन्छु ।’

नेता रावलले पहिरोको कारण बाटो अवरुद्ध हुँदा उद्धारका लागि गएका सुरक्षाकर्मीहरु समेत घटनास्थल अझै पुग्न नसकेको उल्लेख गर्दै तत्काल सेनाको हेलिकप्टर परिचालन गर्न पनि सरकारसँग अनुरोध गर्नु भयो ।