६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बामदेव गौतमले किन गरे माधव नेपाललाई साथ दिने निर्णय ?



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) उपाध्यक्ष वामदेव गौतमले माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा एमाले ९समाजवादी० पार्टीमा सहभागी हुने बताएका छन् ।

गौतमले नेतृत्व गरेको ‘पार्टी एकता राष्ट्रिय अभियान’को बिहीबार भर्चुअल बैठकले एमाले विभाजन भइसकेको अवस्था मध्यनजर गर्दै नेपालले नेतृत्व गरेको एमाले समाजवादीलाई समर्थन गर्ने निर्णय गरेको उनको सचिवालय सदस्य शैलेन्द्र राउतले बताए ।

नेता गौतमले भर्चुअल बैठकमा अब नेपाल पक्षमा लगेर वामपन्थीबीचको एकता आफ्नो नेतृत्वमा गर्ने बताएका छन् । अबको डेढ वर्षमा एमालेबाहेकको वामपन्थीलाई एक ठाउँमा ल्याउन सकिने दाबी गौतमले गरेका छन् ।

आफू केपी ओलीतर्फ गएको तर उनले कुनै जिम्मेवारी नै नदिएको आरोप उनले लगाए । ‘माधव नेपाल नेतृत्वको पार्टीको बैठकमा म सबैभन्दा पहिले प्रस्ताव राख्छु, एकताको जिम्मेवारी मलाई दिनुहोस् । उहाँले दिनुहुन्छ, मलाई विश्वास छ’ गौतमले भने, ‘केपी ओलीतिर गएँ नि, केपी ओलीले त जिम्मै दिएनन् । मैले जिम्मेवारी मागेका थिएँ ।

तर माधव नेपालतिर गएपछि मलाई दिनुहुन्छ ।’ बैठकमा सहभागीमध्ये केहीले माधव नेपालकै पार्टीमा सामेल हुनुपर्ने प्रस्ताव राखेका थिए भने केहीले एकता अभियानमै रहनुपर्ने अडान लिएका थिए । युवा संघद्वारा एमाले समाजवादीमा समाहित हुने निर्णय यता, युवा संघ नेपालले माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा एमाले ९समाजवादी० पार्टीमा समाहित हुने निर्णय गरेको छ ।

संघ एमाले समाजवादी पार्टीमा गोलबद्ध हुन देशभरिका नेता, कार्यकर्तालाई अपिलसमेत गरेको छ । संघका अध्यक्ष नरेश शाहीको अध्यक्षमा संघका उपलब्ध पदाधिकारी र विभागीय प्रमुख÷उपप्रमुखको सहभागितामा बसेको बैठकले एमाले समाजवादी पार्टीमा समाहित हुने निर्णय गरेको संघका उपमहासचिव एवं प्रवक्ता सञ्जीप राईले बताए ।

यस्तै, बैठकले संघको झन्डा रातो पृष्ठभूमिमा सेतो पाँचकुने तारा तीन कुनामाथि र दुई कुना तल फर्केको राख्ने निर्णय गरेको छ ।

‘यात्रा समृद्धिको, लक्ष्य समाजवादको’ मूल नारा राख्ने निर्णय बैठकले गरेको छ । संघको केन्द्रीय कमिटीको विस्तारित बैठक ११ र १२ भाद्रमा काठमाडौंमा हुनेछ । सो बैठकमा सातवटै प्रदेश कमिटीका पदाधिकारी जिल्ला अध्यक्ष, सचिव र महिला विभाग प्रमुख, केन्द्रीय निकाय सहभागी हुनेछ ।

५ भाद्र शनिबार बिहान ८ बजे महिनाको २ दिनको २ घण्टा, राष्ट्रलाई अभियानअन्तर्गत त्रिभुवन विश्वविद्यालय परिसर सरसफाइ कार्यक्रम राख्ने निर्णय बैठकले गरेको छ ।

एमालेमा फर्किन ओलीको आह्वान
एमाले अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार अध्यक्ष रहेको नेकपा एमाले ९समाजवादी०मा लागेका नेताकार्यकर्तालाई पार्टीमा फर्किन आह्वान गरेका छन् । एमाले भक्तपुर जिल्ला कमिटीमाले बिहीबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एमाले समाजवादीको लिस्टमा नाम रहेका नेतालाई त्यहाँबाट आफ्नो नाम हटाएर एमालेमै फर्किन आह्वान गरेका हुन् ।

निर्वाचन आयोगमा नेपालले बुझाएको नामावलीबाट आफ्नो नाम हटाएर एमालेमा फर्किन उनले सार्वजनिक रूपमा आह्वान गरेका हुन् । ‘त्यो लिस्टबाट नाम हटाउनुस् । तपाईं हामीले बनाएको पार्टी हो यो, कसैको व्यक्तिगत स्वार्थ र कुण्ठामा पार्टीलाई बर्बाद पार्नुहुन्न । अप्ठ्यारो नमानी घोषणा गरिदिनुस् । पार्टीमा आउनुस्, काम गरौं । देशको भविष्य बनाउने अभियानमा लागौं,’ ओलीले भने ।

भ्रममा परेकाहरूलाई सम्झाउन पार्टी पंक्तिलाई आह्वान गर्दै उनले भने, ‘साथीहरूलाई भ्रममा नपर्न आग्रह गर्छु । यदि कही कतै भ्रममा परेको, अलमलमा परेको साथी भेटिन्छ भने सम्झाउनुस् ।’ पूर्वप्रधानमन्त्री समेत रहेका एमाले समाजवादीका अध्यक्ष नेपालले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराएपछि ओली नेपालविरुद्ध आक्रामक रूपमा प्रस्तुत भएका छन् ।

ओलीले पार्टी विभाजनले एमालेमा एकछिन ग्रहण लागेजस्तो मात्र भएको बताए । पार्टी विभाजन सूर्यमा बादल लागेजस्तो, ग्रहण लागेजस्तो मात्र भएको टिप्पणी उनले गरे । ‘हिजो कोही समातेर घिसाउँदै र घिसारिँदै हिँडे, संसारमा कुनै पात नझर्ने रूख हुँदैन । हामीमा त्यस्तै भयो,’ उनले भनेको समाचार राजधानी दैनिकमा प्रकाशित छ ।