६ श्रावण २०८३, बुधबार
,
Latest
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म जलवायु परिवर्तनलाई विकासको मूल एजेण्डा बनाउनुपर्छः गगन थापा एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक प्रधानमन्त्रीले आज नेपाल हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्दै पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा ‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता ‘आरसीओडी’को म्याद थप्न ऊर्जामन्त्री बोलाए बैठक सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानन्यायाधीश जबराको पुरक बयान सकियो, प्रतिवेदन संसद सचिवालयमा आजै दर्ता हुने



अ+ अ-

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग महाभियोग सिफारिस समितिले लिइरहेको पुरक बयान सकिएको छ । हस्ताक्षरसहितको लिखित प्रतिमा लिइएको पुरक बयान शनिबार बिहान सकिएको हो ।

हिजो शुक्रबारदेखि सुरू भएको यो प्रक्रियामा समितिले बनाएको ४३ प्रश्नको जवाफ समेटेर जबराको बयान तयार भएको थियो ।
जसलाई निलम्बित प्रधानन्यायाधीश जबरालाई पढेर सुनाउँदै एकएक पानामा हस्ताक्षर गर्न लगाएको हो ।

शुरुमा समिति सदस्यहरूले चोलेन्द्रलाई बयानको अन्त्यमा हस्ताक्षर गर्न आग्रह गरेका थिए । तर, जबराले हस्ताक्षर गर्न अस्वीकार गरेपछि १७४ पेज बयानको प्रत्येक पृष्ठ पढेर सुनाउँदै हस्ताक्षर गराउन थालिएको थियो ।

समितिले उक्त प्रतिवेदनलाई आजै दिउँसो ३ बजे बैठक बसेर संसद सचिवालयमा बुझाउने तयारी गरेको छ ।