२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रेल्वे कम्पनीको महाप्रवन्धकमा निरञ्जन झा नियुक्त



अ+ अ-

काठमाडौं । सरकारले रेल्वे कम्पनीको महाप्रवन्धकमा निरञ्जन झालाई नियुक्ति दिएको छ । नेकपा एमाले समाजवादीका नेता समेत रहेका झालाई महाप्रवन्धकमा नियुक्ति दिएको हो । 

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले नियुक्त गर्ने निर्णय गरेका महाप्रवन्धक झा राजविराज नगरपालिकाका एमाले समाजवादी पार्टी निकट नेता हुन् । प्रधानमन्त्री देउवाले आफुलाई विश्वासको मत दिन माधव कुमार नेपाल समुहका नेतालाई रेल्वे कम्पनीको महाप्रवन्धकको जिम्मेवारी दिएका हुन् ।

यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गुरु भट्टराई महाप्रवन्धकमा नियुक्त गरेपनि सरकार परिवर्तन सँगै भट्टराईलाई स्पष्टिकरण मागिएको थियो ।

उनले स्पष्टिकरण नदिई पदबाट राजीनामा दिएपछि उक्त पद रिक्त थियो ।