६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

ठाकुर पक्ष सरकारमा नजाने



फाईल फोटो
अ+ अ-

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) बाट छुट्टिएर अलग्गै पार्टी दर्ताका लागि निवेदन दिएको महन्थ ठाकुर पक्ष प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी नहुने भएको छ । 

ठाकुर समूहले राष्ट्रिय सभाका एकसहित १५ सांसद लिएर बुधबार जसपा नेपाल (लोकतान्त्रिक) पार्टी दर्ताका लागि निवेदन दिएको छ । पार्टीले सरकारमा नगई मधेसको मुद्दालाई उठाउने नेता सर्वेन्द्रनाथ शुक्लले कान्तिपुरलाई बताए । ‘सरकारलाई हामीले विश्वासको मत दिनुको अर्थ सरकारमै जाने भन्ने होइन, अहिले हामी सरकारमा जाने सम्भावना छैन,’ उनले भने, ‘हाम्रो प्राथमिकता मधेसका मुद्दा हुन् । हामीले अघि सारेका मुद्दालाई सरकारले कसरी हेर्छ, त्यसका आधारमा हामी सरकारमा जानेरनजाने, सरकारलाई समर्थन दिने वा नदिने भन्ने निर्धारण गर्छौं ।’

शरतसिंह भण्डारीसहित केहीले सरकारलाई विश्वासको मत दिइसकेपछि सरकारमा जान ढोका बन्द गर्न नहुने मत पनि उठाएका छन् । तत्कालीन केपी ओली नेतृत्वको सरकारमा सहभागी भएको ठाकुर पक्षले प्रधानमन्त्री शेरबहादुर देउवालाई साउन ३ मा विश्वासको मत दिएको थियो । ठाकुर पक्षलाई सहज हुने गरी नै प्रधानमन्त्री देउवाले पार्टीको केन्द्रीय समिति वा संसदीय दलको २० प्रतिशत सदस्यबाटै पार्टी विभाजन गर्न सक्ने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याइदिएका थिए ।

उपेन्द्र यादव नेतृत्वको जसपाले पार्टीको आधिकारिकता पाएपछि ठाकुरपक्षीय नेताहरूको पार्टीगत हैसियत खोसिएको थियो । पार्टीको केन्द्रीय कार्यकारिणी समितिमा आफ्ना सदस्यहरू नभएपछि ठाकुर पक्षले संघीय संसद्का १५ सांसदको सहारामा नयाँ पार्टी दर्ताको निवेदन दिएका हुन् ।

यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोग र संसद्मा माधवकुमार नेपाल नेतृत्वको नयाँ राजनीतिक दल दर्ताको प्रक्रिया सम्पन्न हुनेबित्तिकै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी थालेका छन् । देउवाले बिहीबार मन्त्रिपरिषद् विस्तार र सरकार सञ्चालनकै विषयमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेपालसँग छलफल गरेका थिए ।

‘माधव नेपाल नेतृत्वको पार्टीको सनाखत भएकै दिन मन्त्रिपरिषद्‍लाई पूर्णता दिने समझदारी भएको छ । अहिलेको परिस्थिति धेरै दिन राख्नु हुँदैन भन्ने गठबन्धनका नेताहरूबीच सल्लाह भयो,’ पुष्पकमल दाहालले एक पुस्तक विमोचन कार्यक्रममा भने । यस्तै, कांग्रेस नेता मीन विश्वकर्माले पनि नेपाल नेतृत्वको दल दर्ताको प्रक्रिया पूरा हुनेबित्तिकै मन्त्रिपरिषद् विस्तार हुने बताएको समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।