२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

हुँदै नभएको धारा कहाँबाट आयो ? : बास्कोटा



अ+ अ-

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटा सरकारको आलोचना गर्दै कहाँबाट आयो हुँदै नभएको किताब धारा भनेर प्रश्न गरेका छन् । बास्कोटा पछिल्लो समय सामाजिक सञ्जालमा निक्कै सक्रिय भएका छन् ।

उनले लेखेका छन्, ‘परमादेश धाराबाट सरकार ढाले । होला नि त भनियो । अध्यादेश धाराबाट पार्टी खोले । त्यो पनि छ होला भनियो । तर, हुँदै नभएको किताब धारा चाहिँ कहाँबाट ल्यायो फेरि ?बाइस धारा न मुक्तिनाथको धारा । साइपालदेखि कञ्चनज‌घासम्मको प्राकृतिक जलधारा त हुँदै होइन । पक्कै यो चै एकनाथ धारा वा एमसीसी ६०७ को ५.५ होला ।’