२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

जति धेरै बेइमानी त्यति धेरै सत्यानाश : भुसाल



अ+ अ-

काठमाडौं । नेकपा एमाले नेता घनश्याम भुसालले आफ्नो पार्टीमा जति धेरै बेइमानी त्यति धेरै सत्यानाश हुने गरेको बताएका छन् । शुक्रबार विहान फेसबुकमा भुसालले आफ्नो पार्टीको मुख्य समस्या विचारहिनता वा सिद्धान्तहिनताबाट सुरु भएको बताएका हुन्।   

पार्टीमा संगठनात्मक विधि स्थापित गर्दा पार्टीमा देखिएका समस्या समाधानका लागि ढोका खुल्न सक्ने तर्क भुसालले गरेका छन् ।

‘त्यसमा पनि इमान्दार नहुँदा हामी तीव्ररुपमा विसर्जनतर्फ जाँदैछौँ,’ भुसालले लेखेका छन्, ‘जति धेरै बेइमानी त्यति धेरै सत्यानाश !’ अनि उनले अब फेरि पनि हस्तक्षेपको खाँचो रहेको बताएका छन् ।