२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जति धेरै बेइमानी त्यति धेरै सत्यानाश : भुसाल



अ+ अ-

काठमाडौं । नेकपा एमाले नेता घनश्याम भुसालले आफ्नो पार्टीमा जति धेरै बेइमानी त्यति धेरै सत्यानाश हुने गरेको बताएका छन् । शुक्रबार विहान फेसबुकमा भुसालले आफ्नो पार्टीको मुख्य समस्या विचारहिनता वा सिद्धान्तहिनताबाट सुरु भएको बताएका हुन्।   

पार्टीमा संगठनात्मक विधि स्थापित गर्दा पार्टीमा देखिएका समस्या समाधानका लागि ढोका खुल्न सक्ने तर्क भुसालले गरेका छन् ।

‘त्यसमा पनि इमान्दार नहुँदा हामी तीव्ररुपमा विसर्जनतर्फ जाँदैछौँ,’ भुसालले लेखेका छन्, ‘जति धेरै बेइमानी त्यति धेरै सत्यानाश !’ अनि उनले अब फेरि पनि हस्तक्षेपको खाँचो रहेको बताएका छन् ।