• ७ असार २०८१, शुक्रबार
  •      Fri Jun 21 2024
  •   Unicode
Logo
Latest
★   जब हँसिया लिएर डिएसपि र इन्स्पेक्टर गाँजाको बोट फाँड्न मनोहरा खोलामा छिरे…. ★   जहाँ दौडेर राजा बन्ने परम्परा थियो ….. फोटो फिचर ★   संसदका आगामी सबै बैठकमा उपस्थित हुन पार्टीका सांसदलाई काँग्रेसको निर्देशन ★   कम्मरमा सुन लुकाएर ल्याउनेसहित तीन जना पक्राउ ★   आठ देशमा राजदूत सिफारिस, भारतका लागि लोेकदर्शन रेग्मी, अरु को–कहाँ ? ★   रास्वपाबारे ओलीको संक्षिप्त टिप्पणीः राम्रै छ ★   बजेटको आकार बढाउँदै काठमाडौँ महानगरपालिका ★   आईएमई समूहको ६६.३ मेगावाटको मध्य कालीगण्डकी जलविद्युत आयोजनामा लगानी जुट्यो ★   चुरे तथा वनजंगल संरक्षण अभियान्तले बुझाए मुख्यमन्त्री सिंहलाई ज्ञापन पत्र ★   आलियाले दीपिकालाई पछि पारिन्

अनशनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल



फाइल फोटो

धनगढी । चिकित्सा शिक्षामा सुधार गर्नुपर्ने माग राख्दै अनशन बस्नुभएका अभियन्ता डा गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । धनगढीस्थित श्रीकृष्ण मन्दिरको धर्मशालामा २०औँ सत्याग्रह सुरु गरेका केसीलाई स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ ।

अस्पतालमा उहाँले औषधि लिन नमानेको बताइएको छ । अस्पतालले पनि उहाँसँग कसैलाई भेट गर्न दिएको छैन । उहाँको रक्तचाप निकै घटेको बताइएको छ । रक्तचाप अहिले ९०÷६० पुगेको र मुटुको चाल पनि घट्दो क्रममा रहेको छ । उहाँलाई सामान्य स्लाइन पानी चढाइएको छ ।

तीन करोड नेपाली जनताका लागि अनशन बसेको भन्दै स्वास्थ्य अवस्था तलमाथि हुँदैमा फरक नपर्ने उहाँले बताउनुभएको बताइएको छ । उहाँले धनगढीमा अनशन बसेको आज पाँचौँ दिन हो ।