२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री देउवा बंगलामुखीमा, ११ बजे जुर्यो साइत



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा बंगलामुखी मन्दिर जाने भएका छन् । देउवा बिहान ११ बजेको साइतमा ललितपुरको कुम्भेश्वरस्थित बंगलामुखी मन्दिर जाने भएका हुन् । 

 मन्दिर व्यवस्थापन समितिले मन्दिरमा पूजाआजा गरेपछि गजुर राख्ने कार्यक्रम रहेकाले प्रधानमन्त्रीलाई निम्तो दिइएको जनाएको छ ।

बंगलामुखी मन्दिरको पुनर्निर्माण सकिएकाले आज गजुर राख्न लागिएको हो । गजुर राख्नुअघि प्रधानमन्त्रीले मन्दिर र गजुरको पूजा गर्ने कार्यक्रम छ ।