२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

यी पूर्वराज्यमन्त्रीले फिर्ता गरेनन् सरकारी सुविधा



अ+ अ-

काठमाडौं । प्रदेश नम्बर २ का एक जना मन्त्रीले राजीनामा दिएको एक महिना बितिसक्दा पनि सरकारी सेवा सुविधा लिदै आएका छन्। निवर्तमान आन्तरिक मामिला तथा कानुन मन्त्री सरोज सिंह कुशवाहले गत साउन २ गते राज्यमन्त्री पदबाट राजीनामा दिए सरकारी सवारीलगायत सेवा सुविधा अझै छाडेका छैनन्।

उनले एउटा गाडी, मोटरसाइकललगायत सरकारी सवारी साधन अझै फिर्ता नगरेका मन्त्रालयले जनाएको छ । 

प्र-२-०२-००१ झ ००६२ नम्बरको गाडी, प्र-२-०२-००१ ब ३५२ नम्बरको मोटरसाइकल, १ थान एसि, ५ थान सिसिटिभी, १ सेट सोफा, कम्प्युटर, प्रिन्टर, ल्यापटप, टि-टेबल ३ थानलगायत सामग्री उनले फिर्ता गरेका छैनन्।

गाडी धुने मेसिन, भ्याकुम क्लिनर, मोबाइल, १३ थान कुर्सी, कम्प्युटर टेबलसमेत उनले मन्त्रालयलाई फिर्ता गरेका छैनन्। मन्त्रालयले उपलब्ध गराएका उक्त सामाग्री फिर्ता गर्न पटकपटक अनुरोध गर्दा पनि उनले ती सामान नबुझाएका हुन्।

तर पूर्वराज्यमन्त्री कुशवाह भने सामग्री फिर्ता लिन मन्त्रालयले अहिलेसम्म सम्पर्क नै नगरेको दाबी गरे।