२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

ताङ्गु खोलामा झोलुङ्गे पुल निर्माण



अ+ अ-

सिन्धुपाल्चोक । पाँचपोखरी थाङपाल गाउँपालिका– ३ मा रहेको पवित्र धार्मिक तथा पर्यटकीयस्थल पाँचपोखरीसम्म पुग्न ताङ्गु खोलामा झोलुङ्गे पुल निर्माण गरिएको छ ।गाउँपालिकाका अध्यक्ष टासी लामा र उपाध्यक्ष सुनिता अधिकारीले ७८ मिटर लामो सो पुलको विहीबार शुभारम्भ गर्दै पूर्वाधार विकासमा गाउँपालिकाले उच्च प्राथमिता दिएको बताउनुभयो । 
 
वडा नं ३ का वडाध्यक्ष ङिमा छिरिङ तामाङले तीर्थयात्रीको सहजताका लागि पुलबाट सहजत हुने विश्वास व्यक्त गर्नुभयो ।

गाँउपालिकाले कोरोनाको कारण यस वर्ष मेला स्थगन गरेको छ । 
क्षेत्रगत झोलुङ्गे पुल कार्यक्रम र गाँउपालिकाको आर्थिक सहयोग गरी रु ४४ लाखमा पुल सम्पन्न भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेशकुमार पोखरेलले जानकारी दिनुभयो  ।