२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद

आधारभूत मानवीय मापदण्ड कार्यान्वयनमा जोड

आधारभूत मानवीय मापदण्ड कार्यान्वयनमा जोड
अ अ+ अ-

काठमाडौं । विपद् वा द्वन्द्वबाट प्रभावित व्यक्ति वा समुदायलाई आधारभूत मानवीय मापदण्डका सिद्धान्तअनुसार व्यवहार गर्नुपर्नेमा जोड दिइएको छ । विश्व मानवीयता दिवसका अवसरमा आयोजित भर्चुअल गोष्ठीका वक्ताहरुले विपद्को समयमा पीडितको मानव अधिकार र मानवीय मूल्यलाई ख्याल गरी यस मापदण्डअनुसार सहायतालाई अझ बढी प्रभावकारी र व्यवस्थित गर्न तीनै तहका सरकार, गैरसरकारी सङ्घसंस्था र अन्य सरोकारवाला निकायहरु अझ जिम्मेवार र उत्तरदायी हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । 

सो अवसरमा एशियाली विपद् पूर्वतयारी केन्द्रका राष्ट्रिय प्रतिनिधि मानबहादुर थापाले आधारभूत मानवीय मापदण्डको कार्यान्वयनबाट विपद्मा परेका समुदायलाई प्रभावकारी ढङ्गबाट मानवीय सेवा उपलब्ध गराउन सहयोग पुग्ने बताउनुभयो । उहाँले यस मापदण्डलाई कार्यान्वयन गर्न तर्जुमा गरिएका आधारभूत मानवीय मापदण्ड मूल्याङ्कन उपकरण, संस्थागत क्षमता मूल्याङ्कन उपकरण र संस्थागत संलग्नता स्व–मूल्याङ्कन उपकरणको महत्व र उपयोगिताका बारेमा प्रकाश पार्नुभयो । 

डिपिनेट नेपालका अध्यक्ष सूर्यबहादुर थापाले नेपाल प्राकृतिक विपद्का हिसाबले उच्च जोखिममा रहेकाले यस्ता विपद्जन्य घटनामा आधारभूत मानवीय मापदण्डलाई पालना गर्न सकिएमा पीडितले न्याय पाउनसक्ने बताउनुभयो ।  डिपिनेट नेपालका सचिव डा राजु थापाले नेपालमा सामाजिक सुरक्षा र मानवीय सहायतामा सामाजिक सुरक्षाको प्रयोग तथा मानवीय मापदण्डलाई स्थानीयकरण गर्दाको अनुभवका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । 

विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन विज्ञ सुनील शाक्यले आधारभूत मानवीय मापदण्डसम्बन्धी तालीम निर्देशिकाका बारेमा प्रकाश पार्दै विपद् जोखिम न्यूनीकरण र विपद् व्यवस्थापनका विभिन्न आयामहरुका बारेमा जानकारी दिनुभयो । 

राष्ट्रिय समाचार समितिका प्रमुख समाचारदाता कृष्ण अधिकारीले आधारभूत मानवीय मापदण्ड र बाढीको विपद्मा यसको अभ्याससम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै मेलम्ची बाढीमा स्थानीय तह, गैरसरकारी संस्था र निजी क्षेत्रको भूमिकासम्बन्धी स्थलगत अध्ययनको निस्कर्ष सुनाउनु भएको थियो ।  

एशियाली विपद् पूर्वतयारी केन्द्रको सहयोगमा सञ्चालित एशियाली पूर्वतयारी साझेदारी कार्यक्रमअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण केन्द्रले विश्वका विभिन्न देशको अनुभवका आधारमा तयार पारिएको आधारभूत मानवीय मापदण्डलाई कार्यान्वयन गर्न विभिन्न तीनवटा सामग्री निर्माण गरेको छ । विपद्मा मानवीय पीडा हुनबाट बचाउन र कम गर्न संस्था र व्यक्तिहरुले मानवीय प्रतिकार्यको गुणस्तर एवं प्रभावकारिताको सुधारका लागि विभिन्न नौवटा प्रतिवद्धतामा जोड दिइएको छ ।