२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह News Polar बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय

आधारभूत मानवीय मापदण्ड कार्यान्वयनमा जोड

आधारभूत मानवीय मापदण्ड कार्यान्वयनमा जोड
अ अ+ अ-

काठमाडौं । विपद् वा द्वन्द्वबाट प्रभावित व्यक्ति वा समुदायलाई आधारभूत मानवीय मापदण्डका सिद्धान्तअनुसार व्यवहार गर्नुपर्नेमा जोड दिइएको छ । विश्व मानवीयता दिवसका अवसरमा आयोजित भर्चुअल गोष्ठीका वक्ताहरुले विपद्को समयमा पीडितको मानव अधिकार र मानवीय मूल्यलाई ख्याल गरी यस मापदण्डअनुसार सहायतालाई अझ बढी प्रभावकारी र व्यवस्थित गर्न तीनै तहका सरकार, गैरसरकारी सङ्घसंस्था र अन्य सरोकारवाला निकायहरु अझ जिम्मेवार र उत्तरदायी हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । 

सो अवसरमा एशियाली विपद् पूर्वतयारी केन्द्रका राष्ट्रिय प्रतिनिधि मानबहादुर थापाले आधारभूत मानवीय मापदण्डको कार्यान्वयनबाट विपद्मा परेका समुदायलाई प्रभावकारी ढङ्गबाट मानवीय सेवा उपलब्ध गराउन सहयोग पुग्ने बताउनुभयो । उहाँले यस मापदण्डलाई कार्यान्वयन गर्न तर्जुमा गरिएका आधारभूत मानवीय मापदण्ड मूल्याङ्कन उपकरण, संस्थागत क्षमता मूल्याङ्कन उपकरण र संस्थागत संलग्नता स्व–मूल्याङ्कन उपकरणको महत्व र उपयोगिताका बारेमा प्रकाश पार्नुभयो । 

डिपिनेट नेपालका अध्यक्ष सूर्यबहादुर थापाले नेपाल प्राकृतिक विपद्का हिसाबले उच्च जोखिममा रहेकाले यस्ता विपद्जन्य घटनामा आधारभूत मानवीय मापदण्डलाई पालना गर्न सकिएमा पीडितले न्याय पाउनसक्ने बताउनुभयो ।  डिपिनेट नेपालका सचिव डा राजु थापाले नेपालमा सामाजिक सुरक्षा र मानवीय सहायतामा सामाजिक सुरक्षाको प्रयोग तथा मानवीय मापदण्डलाई स्थानीयकरण गर्दाको अनुभवका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । 

विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन विज्ञ सुनील शाक्यले आधारभूत मानवीय मापदण्डसम्बन्धी तालीम निर्देशिकाका बारेमा प्रकाश पार्दै विपद् जोखिम न्यूनीकरण र विपद् व्यवस्थापनका विभिन्न आयामहरुका बारेमा जानकारी दिनुभयो । 

राष्ट्रिय समाचार समितिका प्रमुख समाचारदाता कृष्ण अधिकारीले आधारभूत मानवीय मापदण्ड र बाढीको विपद्मा यसको अभ्याससम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै मेलम्ची बाढीमा स्थानीय तह, गैरसरकारी संस्था र निजी क्षेत्रको भूमिकासम्बन्धी स्थलगत अध्ययनको निस्कर्ष सुनाउनु भएको थियो ।  

एशियाली विपद् पूर्वतयारी केन्द्रको सहयोगमा सञ्चालित एशियाली पूर्वतयारी साझेदारी कार्यक्रमअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण केन्द्रले विश्वका विभिन्न देशको अनुभवका आधारमा तयार पारिएको आधारभूत मानवीय मापदण्डलाई कार्यान्वयन गर्न विभिन्न तीनवटा सामग्री निर्माण गरेको छ । विपद्मा मानवीय पीडा हुनबाट बचाउन र कम गर्न संस्था र व्यक्तिहरुले मानवीय प्रतिकार्यको गुणस्तर एवं प्रभावकारिताको सुधारका लागि विभिन्न नौवटा प्रतिवद्धतामा जोड दिइएको छ ।