२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्थमन्त्रालयको वरिष्ठ आर्थिक सल्लाहकारमा सुरेन्द्रकुमार उप्रेती नियुक्त



अ+ अ-

काठमाडौं । अर्थमन्त्रालयको वरिष्ठ आर्थिक सल्लाहकारमा सुरेन्द्रकुमार उप्रेती नियुक्त भएका छन् । अर्थमन्त्री जनार्दन शर्माको प्रस्तावमा उप्रेतीलाई मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले राज्यमन्त्री सरहको सल्लाहकारमा नियुक्ति दिइएको हो ।

उप्रेतीसंग कर्णाली प्रदेश सरकारको आर्थिक सल्लाहाकार विज्ञ समेतको अनुभव रहेको छ ।

यसअघि उप्रेतीले अर्थमन्त्री जनार्दन शर्मा उर्जामन्त्री हुँदा विद्युत उत्पादन सल्लाहाकार विज्ञको सदस्यका रुपमा नियुक्ति पाएका थिए । उप्रतीले त्रिभुवन विश्वविद्यालयबाट नेपाललाई विश्व व्यापार संगठनमा लैजाँदा त्यसले बढाउने लागत र पार्ने प्रभावका विषयमा विद्यावारिधि समेत गरेका छन् ।