२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद

जिल्ला सदरमुकाममै छैन ‘हेलिप्याड’

जिल्ला सदरमुकाममै छैन ‘हेलिप्याड’
अ अ+ अ-

गलकोट । बागलुङ बजारमा जनघनत्वसँगै बस्ती विकास तीव्ररुपमा बढ्दै जाँदा खाली जग्गा पाउन मुस्किल हुन थालेको छ । पछिल्लो समय स्थानीय तहले सञ्चालन गर्दै आएको ‘एक वडा, एक हेलिप्याड’ले समेत सार्थकता पाउन सकेको छैन । सार्वजनिक स्थान अभावमा थोरै मात्र वडामा हेलिप्याड निर्माण भएका छन् । हेलिप्याड नहुँदा उद्धारमा कठिनाइ भइरहेको बजारबासी बताउँछन् ।

कोरोना महामारीमा यसको अभाव झनै खड्किएको छ । जिल्लामा नेपाली सेना र नेपाल प्रहरीको बाहेक अन्य हेलिप्याड नहुँदा कोरोना सङ्क्रमितका उद्धारमा धौलागिरि क्याम्पसको प्राङ्गणमा हेलिकप्टर अवतरण गर्ने गरिएको छ । सुरक्षाका दृष्टिले हेलिकप्टरका लागि हेलिप्याड नै निर्माण गर्न आवश्यक हुन्छ । राष्ट्रपति उद्धार कार्यक्रमका लागि सरकारले वडा वडामा हेलिप्याड बनाउने योजना बनाए पनि सार्थकता पाउन सकेको छैन । जिल्लाबाट कोरोनाका बिरामीलाई हेलिकप्टरमार्फत पोखरा र काठमाडौँ पठाइए पनि जिल्ला सदरमुकाममै हेलिप्याड नहुनु दुःखद् रहेको स्थानीय राजन शर्मा बताउनुहुन्छ ।  

धौलागिरि अस्पताल परिसरमा लामो समयदेखि हेलिप्याड बनाउन खोजेको भए पनि जग्गा अभावका कारण बनाउन नसक्दा क्याम्पसका भर पर्नुपर्ने अवस्था आएको अस्पताल व्यवस्थापन समिति  अध्यक्ष केबी रानाले बताउनुभयो । “अस्पतालको जग्गा २५ रोपनी छ । खाली जग्गा निकै कम छ, सुरुमा गुरुयोजना नबनाउँदा आवासीय भवन अस्तव्यस्त रुपमा निर्माण भएका रहेछन्”, उहाँले भन्नुभयो, “अस्पतालको छतमा हेलिप्याड बनाउन प्रयास गरेका थियाँै, त्यो प्राविधिकरुपमा कठिन र बढी खर्चिलो भएकाले सकिएन, अस्पतालभित्रै हेलिप्याडको खाँचो छ, जग्गा छैन, बागलुङ बजारमा जग्गा खरिद गर्न सक्ने अस्पतालको आर्थिक अवस्था छैन ।” क्याम्पस प्राङ्गणमा हेलिकप्टर अवतरण गर्दा पठन पाठनमा असर पर्दै आएको छ । 

क्याम्पसमा हेलिकप्टर आउँदैछ भन्ने कुरा क्याम्पस प्रशासनलाई समेत सूचना नहुने क्याम्पस प्रमुख डा रामप्रसाद उपाध्यायले बताउनुभयो । “कहिलेकाहीँ त दैनिकजसो हेलिकप्टर आउँछ, हामीलाई थाहा हुँदैन, क्याम्पसमा कहिले पढाइ त कहिले परीक्षा चलिरहेको हुन्छ, व्यावहारिकरुपमा अत्यावश्यक उद्दारमा त हामीले केही भनेका छैनौँ”, उहाँले भन्नुभयो “ भेटघाट, घुमघाम तथा चुनावी प्रचारमा आउने हेलिकप्टर क्याम्पसमा नराख्दा राम्रो हुन्थ्यो, उपल्लाचौरको ब्यारेक तथा बाङ्गेचौरको खेल मैदान विकल्प हुन सक्छ ।” 

हेलिकप्टर ल्याउनेमध्ये केहीले मात्रै क्याम्पसलाई जानकारी दिने गरेको र अरुले हचुवाको भरमा अवतरण गराउँदछन् । हेलिकप्टर हेर्नेको समेत क्याम्पसमा भीड बढ््दा सुरक्षा चुनौतीसमेत बढेको उहाँको भनाइ छ । शैक्षिक संस्थाभित्र हेलिकप्टर राख्दा क्याम्पस प्रशासनलाई जानकारी दिन आवश्यक रहेको उहाँको भनाइ छ । जिल्लामा पछिल्लो समय विभिन्न पालिकामा अवतरण गर्न हेलिप्याड बनाएकोले स्थानीय तहसँग समन्वय गरी जिपिएससहितको विवरण तयार पार्न थालिएको निमित्त प्रमुख जिल्ला अधिकारी गशेण गौतमले बताउनुभयो । वैकल्पिक व्यवस्थापनका लागि क्याम्पसको प्राङ्गण प्रयोगमा ल्याइएको र बजारका अन्य स्थानमा समेत हेलिप्याड निर्माण गर्न आवश्यक भइसकेको उहाँको भनाइ छ । कोरोना सङ्कटमा हेलिकप्टरबाट सङ्क्रमितको उद्धार व्यापक भएकाले हेलिप्याड आवश्यक भएकाले आपत्कालीन अवस्थामा सुरक्षा निकायको हेलिप्याडसमेत प्रयोग गर्न सकिने उहाँले बताउनुभयो । 

आर्थिक हैसियत राम्रो भएका चाडपर्वमा घर फर्कदासमेत हेलिकप्टरको प्रयोग गर्दै आएका बताइएको छ । आपत्कालीन अवस्थामा बाहेक अन्य समयमा क्याम्पस हातामा हेलिकप्टर राख्दा समस्या हुने क्याम्पस प्रशासनले जनाएको छ । सो अस्पतालले २०० श्ययामा अस्पताल स्तरवृद्धिका लागि जग्गा अभाव भइरहेको जनाउँदै आएको छ । हालै मात्र अस्पतालको पूरै जग्गामा विस्तृत आयोजना प्रतिवेदन बनाइएको छ भने आगामी दिनमा निर्माण गर्ने अस्पताल भवनका छतमा हेलिप्याड राख्न मिल्ने छत बनाउने उद्देश्य राखिएको छ ।