२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ दलको नाम परिवर्तन गर्ने तयारीमा माधव नेपाल, आजै आयोग जाने !



अ+ अ-

काठमाडौँ । पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले प्रस्तावित नयाँ दलको नाम परिवर्तन गर्ने तयारी थालेका छन् । निर्वाचन आयोगमा पुनः दल दर्ताको निवेदन दिने नेपालको तयारी छ । 

बुधबार मात्रै नेपालसहितका नेताहरूले नेकपा एमाले (समाजवादी) नामको दल दर्ता गर्न निवेदन दिएका थिए । 

गत फागुन २३ गते नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का विषयमा सर्वोच्च अदालतले गरेको फैसलाका कारण नाममा एमाले शब्द राख्न कानुनी अड्चन आउने देखिएपछि सो समूहले पार्टीको नाम परिवर्तन गर्न लागेकाे हाे ।

नयाँ नाम नेकपा एकीकृत समाजवादी वा नेकपा समाजवादी राख्ने विषयमा छलफल चलिरहेको स्रोतले जनाएको छ ।

पुनः निवेदनका लागि नेपालसहितका नेताहरू आजै आयोग जाने कार्यक्रम रहेको पनि बताइएको छ ।