काठमाडौँ । पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले प्रस्तावित नयाँ दलको नाम परिवर्तन गर्ने तयारी थालेका छन् । निर्वाचन आयोगमा पुनः दल दर्ताको निवेदन दिने नेपालको तयारी छ ।
बुधबार मात्रै नेपालसहितका नेताहरूले नेकपा एमाले (समाजवादी) नामको दल दर्ता गर्न निवेदन दिएका थिए ।
गत फागुन २३ गते नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का विषयमा सर्वोच्च अदालतले गरेको फैसलाका कारण नाममा एमाले शब्द राख्न कानुनी अड्चन आउने देखिएपछि सो समूहले पार्टीको नाम परिवर्तन गर्न लागेकाे हाे ।
नयाँ नाम नेकपा एकीकृत समाजवादी वा नेकपा समाजवादी राख्ने विषयमा छलफल चलिरहेको स्रोतले जनाएको छ ।
पुनः निवेदनका लागि नेपालसहितका नेताहरू आजै आयोग जाने कार्यक्रम रहेको पनि बताइएको छ ।