२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

माधवपक्षका १४ सांसदको कारबाही रोक्ने पत्र संसद सचिवालयबाट दर्ता भएन



अ+ अ-

काठमाडौं । संसद सचिवालयले नेकपा एमालेका १४ जना सांसदलाई कारबाही नगर्न आग्रह गरिएको पत्र दर्ता गर्न अस्वीकार गरेको छ ।

सचिवालयले पत्र दर्ता नगरेपछि हुलाकमार्फत पठाइएको छ । १४ जना सांसदलाई एमाले अध्यक्ष केपी शर्मा ओली पक्षले गरेको कारबाही कार्यान्वयन नगर्न भनी पठाएको पत्र दर्ता नगरेपछि हुलाकमार्फत संसद सचिवालयलाई पठाइएको छ । 

माधवकुमार नेपालसहित जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु, पुष्पाकुमारी कर्ण, सरला यादव, कलिला खातुन, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ र मेटमणी चौधरीलाई एमालेले कारबाही गरेको थियो ।