२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

माधवपक्षका १४ सांसदको कारबाही रोक्ने पत्र संसद सचिवालयबाट दर्ता भएन



अ+ अ-

काठमाडौं । संसद सचिवालयले नेकपा एमालेका १४ जना सांसदलाई कारबाही नगर्न आग्रह गरिएको पत्र दर्ता गर्न अस्वीकार गरेको छ ।

सचिवालयले पत्र दर्ता नगरेपछि हुलाकमार्फत पठाइएको छ । १४ जना सांसदलाई एमाले अध्यक्ष केपी शर्मा ओली पक्षले गरेको कारबाही कार्यान्वयन नगर्न भनी पठाएको पत्र दर्ता नगरेपछि हुलाकमार्फत संसद सचिवालयलाई पठाइएको छ । 

माधवकुमार नेपालसहित जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु, पुष्पाकुमारी कर्ण, सरला यादव, कलिला खातुन, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ र मेटमणी चौधरीलाई एमालेले कारबाही गरेको थियो ।