२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

माधव नेपाल समूहले एमाले हटाई ‘नेकपा एकीकृत समाजवादी’ नाम राखेर आयोगमा निवेदन दियो



अ+ अ-

काठमाडौं । माधव कुमार नेपाल नेतृत्वको नयाँ पार्टीको नाम परिवर्तन भएको छ । 

निर्वाचन आयोगले उस्ताउस्तै नाम राख्न नमिल्ने बताएपछि नेपाल समूहका नेताहरूले यसअघि राखिएको नेकपा एमाले (समाजवादी) नाममा फेरबदल गरेका हुन् । 

नयाँ पार्टीको नाम नेकपा एकीकृत समाजवादी राखिएको छ । 

सो समूहले नेकपा एकीकृत समाजवादी पार्टी दर्ताका लागि आयोगमा निवदेन दिएका छन् ।

 

याे पनि पढ्नुहाेस्

आफ्नो नामसँग मिल्ने गरी अर्को दल दर्ता नगर्न निर्वाचन आयोगलाई एमालेको आग्रह

नयाँ दलको नाम परिवर्तन गर्ने तयारीमा माधव नेपाल, आजै आयोग जाने !

उनीहरूले केही दिनअघि जारी भएको राजनीतिक दलसम्बन्धी अध्यादेश र सोही अध्यादेश बमोजिम बनेको नियमावली अनुसार दल विभाजन गरी नयाँ दल दर्ताको निवेदन दिएका हुन् ।

अब उनीहरूको दलमा रहेका सदस्यहरूको सनाखतका लागि निर्वाचन आयोगले बोलाउनेछ।