२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

महन्थको नयाँ पार्टीको नाम ‘लोसपा’



अ+ अ-

काठमाडौं । महन्थ ठाकुर नेतृत्वको पार्टीको नाम लोकतान्त्रिक समाजवादी पार्टी राखिने भएको छ । जसअनुसार पार्टीको छोटकरी नाम (लोसपा) हुनेछ । जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक) नाम नपाउने भएपछि पार्टीको नाम परिवर्तन गरिएको हो ।

पार्टीमा अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेतामा राजेन्द्र महतो र शरतसिंह भण्डारी रहने गरी नयाँ कागजात निर्वाचन आयोगमा बुझाउने तयारी थालिएको छ । वरिष्ठ नेतामा शरतसिंह भण्डारी थप गरिएको छ । यसअघि महतोमात्रै वरिष्ठ नेता रहेका थिए ।

लोसपाको चुनाव चिन्ह भने साइकल नै कायम गरिने भएको छ ।