२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ



सांकेतिक तस्बिर
अ+ अ-

म्याग्दी । बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी बेनी नगरपालिका-२ बस्ने २९ वर्षीया शोभा घिमिरेलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला अदालत म्याग्दीको फैसलाले बैंकिङ कसूर मुद्दामा ६ महिना कैद र ७ लाख ७४ हजार ५ सय ४८ रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई खटिएको प्रहरीले उनकै घर ठेगानाबाट पक्राउ गरेको हो । 

उनलाई जिल्ला अदालत म्याग्दीमा उपस्थित गराईएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय म्याग्दी पठाईएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।