२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद

कुलतमा फस्नेमा ‘पढ्दै गरेका युवा’

कुलतमा फस्नेमा ‘पढ्दै गरेका युवा’
अ अ+ अ-

–चन्द्रकला भण्डारी
झापा । अध्ययन तथा सिर्जनशील काम गर्ने १८ देखि ३५ वर्ष उमेरका युवा लागुऔषधका कुलतमा फस्ने गरेको एक तथ्याङ्कले पुष्टि गरेको छ । गत आर्थिक वर्ष २०७७/०७८ मा ३०७  लागुऔषध मुद्दामा पक्राउ परेकामध्ये ती समूहका २६१ जना अर्थात् ८५ प्रतिशत छन् । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राकेश थापाले लागुऔषध मुद्दामा पक्राउ परेका अधिकांश अभियुक्त माध्यमिक शिक्षा (दश जोड दुई) र उच्च शिक्षा अध्ययन गरिरहेका हुने गरेको बताउनुभयो । कुलतमा फसेपछि उनीहरुको पढाई बिग्रिने गरेको छ । सोही आवमा १८ देखि २० वर्षमा पक्राउपर्ने १५३ र २५ देखि ३५ वर्षका १०८ रहेको उहाँले बताउनुभयो ।

पक्राउ परेका युवामध्ये प्रवेशिका परीक्षा र दश जोड दुई पढ्दै गरेका १०२, कक्षा १० का १०१ र सामान्य साक्षर १०४ रहेको जनाइएको छ । जिल्लाको पूर्वी र दक्षिणी सीमा भारतको पश्चिम बङ्गाल र विहार प्रान्तसँग जोडिएको छ । भारतीय सीमावर्ती बजार र खुला नाका हुँदै स्वदेशमा लागुऔषध भित्रिँदै आएको छ । कोभिड–१९ को महामारीमा नाकाबन्द भएका अवस्थामा समेत लागुऔषधको कारोवार जिल्लामा घटेको छैन । आर्थिक वर्ष २०७७/७८ मा पक्राउ परेका कूल कारोवारीमध्ये भारतीय नागरिक आठ प्रतिशत छन् । 

जिप्रकाको तथ्याङ्कअनुसार सो आवमा जिल्लामा लागुऔषधको १९५ मुद्दा दर्ता भएका छन् भने अघिल्लो आव मा ११८ मात्र मुद्दा दर्ता भएका थिए । जिल्लामा दर्ता भएका मुद्दा र पक्राउ परेका अभियुक्तको विश्लेषण गर्दा व्यापारिक मुनाफा आर्जन गर्ने उद्देश्यले लागुऔषधको प्रयोग गर्ने अपराध बढेको पाइएको छ ।

आव २०७७/७८ मा पक्राउ परेकामध्ये ४२ प्रतिशतले लागुऔषधको प्रयोग आर्थिक उपार्जनका लागि गरेको प्रहरीलाई बयान दिएका थिए जबकि आव २०७६/०७७ मा यो प्रतिशत २६ मात्र थियो । आव २०७७/०७८ मा पक्राउ परेकामध्ये ३८ प्रतिशतले लागुऔषध सेवन गर्ने उद्देश्य रहेको बताएका थिए । बीस प्रतिशतले आफ्नो उद्देश्य खुलाएनन् ।

पूर्वी नेपालको प्रमुख नाका काँकडभिट्टासँग जोडिएको भारतीय नाका पानीट्याङ्की नेपालमा लागुऔषध भित्रिने मुख्य अखडा हो । कोरोना महामारीका कारण काँकडभिट्टा मूल नाका बन्द भएका अवस्थामा कारोवारीले उत्तर बाहुनडाँगी र दक्षिण ज्यामिरगढी क्षेत्रसँग जोडिएको खुला सीमाबाट लागुऔषध लुकाइछिपाइ भ्यिाउने गरेका छन् ।

लागुऔषध ओसारपसार र बिक्रीका लागि यसमा संलग्न व्यक्तिले चिकित्सकको सिफारिसको बहानासमेत गरेको पाइएको छ । पक्राउ परेकाको बयानका आधारमा २२ प्रतिशतले चिकित्सकको सिफारिस बहाना बनाएको स्वीकार गरेका थिए । शरीरमा लुकाएर ३८ प्रतिशत, सवारी साधनमा लुकाएर २३ प्रतिशत र अन्य मालसामानमा लुकाएर १७ प्रतिशतले धन्धा चलाइरहेको प्रहरीको तथ्याङ्कले देखाउँछ ।

चालू आवका गत साउन महिनामा मात्र २१ लागुऔषधका मुद्दा दर्ता भइसकेका छन् । तीमध्ये ३१ अभियुक्त पक्राउ परेका छन् । साउन २४ गते दमककी एक युवती लागुऔषध लुकाइछिपाइ ल्याउँदै गर्दा मेचीनगरमा पक्राउ परेकी थिइन् ।

पढ्ने र काम गरी खाने उमेरका नवयुवा लागुऔषधको कुलतमा फस्नु चिन्ताका विषय बनेको छ । प्रहरीले विद्यार्थीलाई कुलतमा नलाग्न विगतमा विद्यालयमै गएर शिक्षा दिने अभियान सञ्चालन गरेको थियो । सामुदायिक प्रहरी सेवा केन्द्रलगायतका विभिन्न सङ्घसंस्थाले यस्तो अभियानमा सघाउने गरेका थिए । अहिले कोरोना कहरका कारण विद्यालय बन्द रहेका अवस्थामा युवा कुलतमा फस्न थालेको पाइएको छ ।