२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालअधिकार संरक्षणमा प्रदेश सरकार संवेदनशील: मुख्यमन्त्री शाही



file
अ+ अ-

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले बालअधिकार संरक्षणमा प्रदेश सरकार संवेदनशील रहेको बताउनुभएको छ ।

‘बालमैत्री समाजको आधार, जिम्मेवार परिवार, उत्तरदायी सरकार’ भन्ने मूल नाराका साथ देशैभरि विभिन्न कार्यक्रम भइरहेका बेला ‘राष्ट्रिय बाल दिवस, २०७९’ का अवसरमा बालबालिकालाई बधाई तथा शुभकामना दिँदै उहाँले कर्णालीमा बालबालिकाको संरक्षण, संवद्र्धन तथा प्रवद्र्धनमा महत्वपूर्ण काम भएको बताउनुभएको हो ।

आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले भन्नुभएको छ, “बालअधिकार सुनिश्चित तथा संवद्र्धन गर्न कर्णाली सरकारले ‘बैंक खाता छोरीको सुरक्षा जीवनभरिको’ कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ । यसअन्तर्गत यहाँका २० हजार छोरी लाभान्वित हुँदै आएका छन्, त्यस्तै विद्यालय तथा समुदायस्तरमा मनोसामाजिक परामर्श कार्यक्रम पनि सञ्चालन गरिएको छ ।”

मुख्यमन्त्रीसँग बालबालिका, विपन्न तथा जोखिममा रहेका बालबालिका सहयोग, सडक बालबालिका उद्धार तथा पुनःस्थापना, विपन्न तथा जेहेन्दार छात्रवृत्ति, विद्यालय नर्स कार्यक्रमसमेत सञ्चालन गरिएको बताउँदै उहाँले प्रदेश बालअधिकार समिति गठन प्रक्रिया अन्तिम चरणमा पुगेको जनाउनुभएको छ ।

नेपालले संयुक्त राष्ट्र सङ्घीय बालअधिकारसम्बन्धी महासन्धि अनुमोदन गरी बालबालिकाको विकास, संरक्षण र सहभागिता जस्ता विषयमा प्रतिबद्धता प्रकट गरेको दिन मात्र नभई प्रदेश सरकार सदैव बालअधिकार सुनिश्चित गर्न कटिबद्ध रहेको मुख्यमन्त्री शाहीले बताउनुभएको छ ।