६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

महानगरविरुद्ध फुटपाथ व्यवसायीले भोलि प्रदर्शन गर्ने



अ+ अ-

काठमाडौं । जिफन्ट निकट नेपाल स्वरोजगार श्रमिक व्यापार संघ काठमाडौं महानगरपालिकाविरुद्ध आन्दोलनमा उत्रने भएको छ ।

महानगरपालिकाले फुटपाथ व्यवसायी र साना व्यवसायीलाई विकल्प नदिई हटाएको भन्दै संघले बिहीबार काठमाडौंमा प्रदर्शन गर्ने भएको हो ।

प्रदर्शनका लागि साना व्यवसायीहरु बिहीबार बिहान ११ बजे सुन्धारामा जम्मा हुने र भद्रकाली हुँदै महानगर कार्यालय परिसरमा पुग्ने संघले जनाएको छ ।

जिविकोपार्जनका लागि फुटपाथ र ठेला व्यवसाय गरिरहेकाहरुलाई महानगरले व्यवस्थापन भन्दा पनि विस्थापन मात्रै गर्न खोजेको भन्दै आन्दोलनमा उत्रिएको संघको भनाई छ ।