४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

वैदेशिक व्यापार ४६ र व्यापार घाटा ३८ प्रतिशतले वृद्धि

वैदेशिक व्यापार ४६ र व्यापार घाटा ३८ प्रतिशतले वृद्धि
अ+ अ-

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो सात महिनामा मुलुकको वैदेशिक व्यापार ४६ दशमलव ४३ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्षको पहिलो सात महिनामा रु आठ खर्ब ७३ अर्ब ५६ करोड रहेको मुलुकको वैदेशिक व्यापार चालु आर्थिक वर्षको सोही अवधिमा रु १२ खर्ब ७९ अर्ब १२ करोड पुगेको छ ।

वैदेशिक व्यापारमा वृद्धि भएतापनि मुलुकको आयातमुखी वैदेशिक व्यापारका कारण व्यापार घाटा चुलिँदो छ । भन्सार विभागले मङ्गलबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको पहिलो सात महिनामा मुलुकको व्यापार घाटा ३८ दशमलव ४५ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो आर्थिक वर्षको पहिलो सात महिनामा रु सात खर्ब ३३ अर्ब रहेको व्यापार घाटा चालु आर्थिक वर्षको् सोही अवधिमा बढेर रु १० खर्ब १५ अर्ब पुगेको छ । 

भन्सार विभागका अनुसार गत आवका पहिलो सात महिनाको तुलनामा आयात ४२ दशमलव ७८ प्रतिशतले बढेको छ । गत आवको पहिलो सात महिनामा रु आठ खर्ब तीन अर्ब मूल्य बराबरको आयात भएकामा चालु आवको सोही अवधिमा रु ११ खर्ब ४७ अर्ब पुगेको छ । त्यस्तै आव २०७७÷७८ को पहिलो सात महिनाको तुलनामा चालु आवको सोही अवधिमा निर्यात ८८ दशमलव ३० प्रतिशतले बढेको छ । गत आवको माघ मसान्तसम्म रु ६९ अर्ब ९१ करोड बराबरको निर्यात भएकामा चालु आवको सोही अवधिमा रु एक खर्ब ३१ अर्ब बराबरकोे निर्यात भएको छ ।         
    
गत आवको पहिलो सात महिनासम्म कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ९२ प्रतिशत रहेकामा चालु आवमा सोही अवधिमा दुई दशमलव ४९ प्रतिशतले घटेर ८९ दशमलव ७१ प्रतिशतमा आएको  छ । त्यस्तै वैदेशिक व्यापारमा निर्यातको हिस्सा २८ दशमलव ६० प्रतिशतले बढेको छ । गत आवको माघ मसान्तसम्म वैदेशिक व्यापारमा निर्यातको हिस्सा आठ प्रतिशत रहेकामा चालु आवको सोही अवधिमा १० दशमलव २९ प्रतिशत पुगेको छ ।
    
चालु आवको पहिलो सात महिनामा नेपालको वैदेशिक व्यापारमा प्रमुख हिस्सा ओगट्ने पेट्रोलियम पदार्थमध्ये डिजेलको आयात अत्यधिक रहेको छ । चालु आर्थिक वर्षको पहिलो सात महिनामा रु ७२ अर्ब ९६ करोड बराबरको डिजेल भित्रिएको छ । त्यस्तै आयातमा भटमासको कच्चा तेल दोस्रामा छ । चालु आवको पहिलो सात महिनामा रु ३९ अर्ब ६६ करोड मूल्य बराबरको करिब एक अर्ब दुई करोड लिटरभन्दा बढी भटमासको तेल आयात भएकोे देखिन्छ । त्यस्तै एलपी ग्यास रु ३४ अर्ब ६९ करोड तथा पेट्रोल रु ३३ अर्ब ५६ करोडको आयात भएको विभागले जनाएको छ । 

त्यस्तै नेपालबाट निर्यात भएका वस्तुमध्ये भटमासको तेल सबैभन्दा धेरै देखिएको छ । विभागले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कानुसार रु ३६ अर्ब ६८ करोड मूल्य बराबरको भटमासको तेल निर्यात भएको छ । व्यवसायीले भटमासको कच्चा पदार्थलाई विभिन्न मुलुकबाट आयात गरी प्रशोधन गरेर निर्यात गर्ने गरेकाले यहाँको वैदेशिक व्यापारमा भटमासको तेलको योगदान उच्च देखिन्छ । सबैभन्दा बढी निर्यात हुने वस्तुमध्ये पाम तेल पनि एक हो । भटमासको तेलजस्तै पाम तेल पनि कच्चा पदार्थ आयात गरी प्रशोद्धन गरेर निर्यात गर्ने गरेको छ । सार्वजनिक विवरणानुसार चालु आवको पहिलो सात महिनासम्म रु ३४ अर्ब १५ करोड मूल्य बराबरको पाम तेल निर्यात भएको छ ।

 त्यस्तै रु पाँच अर्ब सात करोड मूल्य बराबरका गलैंँचा तथा रु तीन अर्ब ४० करोड मूल्य बराबरका जुटका बुनिएका तथा अन्य कपडा निर्यात भएको विभागले जनाएको छ । विभागका अनुसार चालु आवको पहिलो सात महिनामा नेपालले भारतबाट करिब रु छ खर्ब ९६ अर्ब मूल्य बराबरका बस्तु आयात गरेको छ भने रु एक खर्ब छ अर्ब मूल्य बरोबरका बस्तु निर्यात गरेको तथ्याङ्क छ । नेपालको भारतसँगको व्यापार घाटा मात्रै पाँच खर्ब ८९ अर्बभन्दा बढी छ । त्यस्तै सोही अवधिमा नेपालले चीनबाट रु एक खर्ब ६५ अर्ब मूल्य बराबरका वस्तु आयात गरेकामा रु ४८ करोड ७९ लाख मूल्य बराबरको वस्तु निर्यात गरेको देखिन्छ ।

चालु आर्थिक वर्षको पहिलो महिनामा सबैभन्दा धेरै वीरगन्ज भन्सार नाकाबाट रु चार खर्ब एक अर्बभन्दा बढी मूल्य बराबरको वस्तु आयात भएको छ । त्यस्तै भैरहवा नाकाबाट रु एक खर्ब ८४ अर्ब र त्रिभुवन विमानस्थल नाकाबाट रु एक खर्ब ४२ अर्ब भन्दा बढी मूल्य बराबरका वस्तु आयात भएको तथ्याङ्क छ । नेपालले वीरगन्ज भन्सारबाट रु ६० अर्ब चार करोड, विराटनगर भन्सारबाट रु ३७ अर्ब ५५ करोड तथा त्रिभुवन विमानस्थल नाकाबाट रु १८ अर्ब ७८ करोडभन्दा बढी मूल्य बराबरका वस्तु विदेश निर्यात गरेको छ । (रासस, नवीन पौडेल)