२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले गर्‍यो प्राविधिक तर्फका ४ उपसचिवलाई सहसचिवमा बढुवा



अ+ अ-

काठमाडौं । ४ जना प्राविधिक उपसचिव सहसचिवमा बढुवा भएका छन् । 

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय वा मन्त्रालय अन्तर्गतमा कार्यरत ४ जना उपसचिवलाई बढुवा गर्न बढुवा सिफारिस समितिले सिफारिस गरेपछि  उनीहरुलाई बढुवा गरेको हो ।

इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूह, इरिगेनसन उपसमूहका सिनियर डिभिजनल इन्जिनियर (उपसचिवस्तर) का कर्मचारी हरिनारायण यादव, रुक्मांगत खनाल, प्रचण्डदेव विष्ट र केदारकुमार श्रेष्ठ प्राविधिक (सहसचिवस्तर)मा बढुवा भएका हुन् ।