२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

माधव नेपाल र महन्थ ठाकुरको दलबारे भदौ ९ गते सनाखत हुने



अ+ अ-

काठमाडौं ।  माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाललाई निर्वाचन आयोगले सनाखतका लागि भदौ ९ गते बोलाएको छ । 

दुवै पार्टीका केन्द्रीय सदस्य तथा सांसदहरूलाई सनाखतका लागि भदौ ९ बुधवार गते बिहान ११ बजेदेखि दिउँसो दुई बजेसम्म निर्वाचन आयोगको कार्यालयमा उपस्थित हुन भनिएको हो । केन्द्रीय सदस्य र सांसदहरू स्वयम् उपस्थित भएर सनाखत गरेपछि दल दर्ताका लागि प्रस्ताव हुनेछ । 

प्रस्तावित नेकपा एकीकृत समाजवादीमा नेपाल अध्यक्ष र वरिष्ठ नेतामा झलनाथ खनालसहित एक सय १५ जना केन्द्रीय सदस्य छन् भने लोकतान्त्रिक समाजवादी पार्टीमा ठाकुर अध्यक्ष, राजेन्द्र महतो र शरतसिंह भण्डारी वरिष्ठ नेतासहित ३१ जना कार्यकारिणी सदस्य रहेका छन् ।