२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद

‘मंगलबारसम्म १० बुँदे कार्यान्वयन नभए विद्रोह’

‘मंगलबारसम्म १० बुँदे कार्यान्वयन नभए विद्रोह’
अ अ+ अ-

काठमाडौं । नेकपा एमालेबाट विभाजित भएको माधवकुमार नेपाललाई साथ नदिएका नेताहरुले पार्टी एकताका लागि जोड दिने निस्कर्ष निकालेका छन् ।  

शुक्रबार महाराजगञ्जस्थित एरिकल इभेण्ट्स होटलमा भेला भएका उनीहरुले अहिलेको अवस्थामा देखा परेका पार्टीका समस्याहरुलाई हल गर्दै पार्टी एकतामा जोड दिने निस्कर्ष निकालेका हुन् । छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेकपा एमालेका नेता गोकर्ण बिष्टले कार्यदलले बनाएको १० बुँदे सहमति अक्षरशः कार्यान्वयन गर्न लगाउने र नेकपा एमालेलाई एकजुट गर्न आफूहरु लागि पर्ने बताउनुभयो । उहाँले सरकारले ल्याएको पार्टी विभाजन सम्बन्धी विधेयकको बिरोध गर्ने आफूहरुको एजेण्डा रहेको जानकारी दिनुभयो । नेता बिष्टले पार्टी एकताका लागि माधव नेपाललाई दल दर्ता गर्ने कुरा फिर्ता लिन लगाउने र पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पनि लचकता अपनाउन आग्रह गर्ने विषयमा छलफल गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामी लामो समयदेखि नेकपा एमाले भित्र देखा परेको असामान्य परिस्थिती समाधान गर्दै सबल र एकीकृत नेकपा एमालेका लागि प्रयत्नशील थियौँ, यसै सन्दर्भमा नेकपा एमालेभित्र देखा परेको समस्यालाई समाधान गर्न एउटा कार्यदल निर्माण गरियो त्यो कार्यदलले पार्टी भित्रका समस्याका समाधानको सन्दर्भमा १० बुँदे सहमतिलाई अगाडि बढायौँ, तर यसका बाबजुद पनि पार्टी भित्र एकता सम्पन्न हुन सकेन, विभिन्न ढंगले पार्टीभित्रका अन्तर्विरोधहरु फेरि पनि जारी नै रहे, यस्तो अवस्थामा पछिल्लो समय दल विभाजन सम्बन्धि विधेयक आइसकेपछि त्यसले नेपाली राजनीतिलाई अस्थिर ढंगले नयाँ शंकट सिर्जना गर्यो, २० प्रतिशत सांसद वा केन्द्रीय सदस्य भए दल विभाजन गर्न पाउने प्रावधानले नेपालको संविधान, लोकतन्त्रलाई एकप्रकारले खिल्ली उडाउने र अस्थीरता तिर देशलाई धकेल्ने जुन अवस्था सिर्जना भयो, त्यसपछि हामी गम्भीर थियौँ।  त्यसपछि एकतावद्ध हुनका लागि हामीले आफ्ना प्रयत्न जारी राख्यौँ, कारणवश माधव नेपाली जीहरुले नयाँ दल दर्ता गर्न खोज्नुभयो यस्तो परिस्थितीमा हामीले नेकपा एमाले जोगाउन इमान्दारिता पूर्वक काम गरेका थियौँ, एकता आवश्यक छ भन्ने पक्षमा हामी अझै क्रियाशील बनिरहेका छौँ।  हामीले नेकपा एकताको कार्यलाई जारी राख्ने, दल अध्यादेश सम्बन्धी अध्यादेशको बिरोध गर्ने, १० बुँदे सहमतिलाई अक्षरशः पालना गरेर नेकपा एमालेलाई एकतावद्ध गर्ने सन्दर्भमा मात्र माधव नेपालसहित १४ जनालाई गरिएको कारबाही फिर्ता लिन पार्टी अध्यक्ष केपी शर्मा ओली जीलाई आग्रह गर्ने, दल दर्ता गर्न जानुभएका माधव नेपालजीहरुलाई त्यहाँबाट फिर्ता भएर पार्टी एकताका लागि भूमिका निर्वाह गर्ने, अहिलेका समस्याको समाधान गर्ने सन्दर्भमा यो भेलाले निष्कर्ष निकालेको छ, यो समय अध्यक्ष केपी शर्मा ओलीलाई लचकता भएर जान आग्रह गर्छौं र माधव नेपालजीलाई पनि आग्रह गर्छौं ।”

त्यसैगरी नेकपा एमालेका नेता भीम रावलले आजको छलफलले तत्काल १० बुँदे सहमति व्यवहारमा कार्यान्वन गर्न माग अघि सारेको बताउनुभयो । उहाँले सरकारले ल्याएको राजनीतिक दल सम्बन्धी विधेयक कुनै हालतमा स्वीकार्य नहुने बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले केन्द्रीय कमिटी र सांसदहरु गरी ५७ जनाको सहमतिबाट पार्टीमा उत्पन्न समस्या, त्यसको समाधान, १० बुँदे सहमतिको  कार्यान्वयन, यसबीचमा भएका विभिन्न कारबाहीहरु र अगाडिको बाटोको सम्बन्धमा गहन छलफल गर्यौं, पार्टीमा विभाजनको जुन स्थिती सिर्जना भएको छ, त्यसको बारेमा हामीले छलफल गर्यौं, नेपालको कम्युनिष्ट पार्टी र कम्युनिष्ट आन्दोलन विगतमा भएका दुष्परिणामहरुको बारेमा छलफल गर्यौं, अन्तिममा हामीले के निस्कर्ष निकालेका छौँ भने १० बुँदे सहमति तत्काल व्यवहारमा लागू गर्नुपर्छ, कारबाही रोक्नुपर्छ भन्ने माग अघि सारेका छौँ, साथै सरकारले ल्याएको राजनीतिक दल विभजन सम्बन्धी विधेयक कुनै हालतमा स्वीकार्य हुँदैन, यो खारेज गर्नुपर्छ ।”

नेकपा एमालेको एकताका लागि आगामी दिनमा अघि बढ्ने बताउँदै नेता रावलले पार्टीको हीतका लागि सबै पंक्तिका नेताले सोचेर मात्रै निर्णय लिनुपर्ने बेला आएको पनि बताउनु भयो ।