२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

१ करोड ४० लाख जनसंख्याले २० प्रतिशत युनिट विद्युत निःशुल्क पाउन्छन् : ऊर्जामन्त्री भुसाल



अ+ अ-

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले २० युनिट विद्युत खपत गर्ने नागरिकले निःशुल्क विद्युत उपलब्ध गराउने सरकारको निर्णय ढेड महिना भित्र कार्यान्वयनमा ल्याउने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । 

मन्त्री भुसालले गरिवीको रेखामुनि रहेका नागरिकलाई निःशुल्क विद्युत उपलब्ध गराउने लक्ष्यका साथ आफूले सो निर्णय गराएको उल्लेख गर्दै करिव डेढ महिना कार्यान्वयनमा ल्याईछाडने प्रतिवद्धता जनाउनु भएको हो । शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले त्यसका लागि विद्युत प्राधिकरणसँग आफूहरुले आवश्यक सबै प्रक्रिया पूरा गरिसकेको उल्लेख गर्दै अव विद्युत नियमन आयोगले निर्णय गरेपछि कार्यान्वयनमा आउने पनि स्पष्ट पार्नु भयो ।

मन्त्री भुसालले भन्नु भयो, ‘२० युनिटसम्म विद्युत बाल्ने कति छन ? भनेर आफूले सम्बन्धित निकायसँग रेकर्ड मागे । त्यो चाँही अहिले विद्युत प्राधिकरणमा २३ लाख र अन्य निजी क्षेत्रमा साँढे ५ लाख घर परिवार रहेछन । उनीहरुलाई २० युनिटसम्म निःशुल्क विद्युत उपलब्ध गराउन मैले नेपाल विद्युत प्राधिकरणको सामाजिक उत्तरदायित्व फण्डबाट व्यवस्थापन हुने गरी निर्णय गराएको छु । प्रतिघर परिवारको सरदर ५ जना सदस्यको दरले करिव १ करोड ४० लाख जनसंख्यालाई २० प्रतिशत युनिट विद्युत निःशुल्क उपलब्ध गराउने निर्णय गराएको छु । त्यो विद्युत नियमन आयोगले निर्णय गरेपछि करिव डेढ महिना भित्र कार्यान्वयनमा आउँछ ।’ 

मन्त्री भुसालले गरिवी र अभावमा रहेका नागरिकलाई सहयोग गर्ने काममा सबैलाई साथ दिन पनि आग्रह गर्नु भयो । उहाँले गरिवी र अभावमा रहेका जनताको जीवनस्तर नउठेका कारण नेता र राजनीतिक दलहरु आलोचनाको पात्र बन्न पुगेको पनि पटकपटक दोहोर्याउनु भयो ।